2080-05-22
2080-05-22
तस्बिर :
सूचना प्रविधीको बिकास सँगै E-Governance को माध्यमबाट सार्वजनिक सेवाप्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउनु आजको आवश्यकतालाई मनन गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले बेभसाइट, इमेल, फेसबुक, ट्वीटर जस्ता विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जालको अतिरिक्त विद्युतीय गुनासो पेटिका (Online Grievance Box) प्रयोगमा ल्याएको छ। सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज होस् भन्ने अभिप्रायले यस कार्यालयले विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरेको छ। यस गुनासो पेटिकामा जो कोहीले जिल्ला प्रशासन कार्यालय, गोरखाले प्रदान गर्नुपर्ने सेवाका साथसाथै जिल्ला भित्रका सरकारी तथा अर्ध सरकारी निकायहरुबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सक्नुहुनेछ। यहाँहरुको गुनासो तथा सुझावहरुलाई अमूल्य सम्पत्ति र मार्गदर्शनको रुपमा लिई जिल्लाको सेवा प्रवाहमा सुधारको लागि प्रयोग गरिनेछ। यस गुनासो पेटिकामा आउने गुनासो तथा सुझावहरु सिधै प्रमुख जिल्ला अधिकारीको पहुँचमा मात्र रहने हुँदा उजुरीकर्ता वा गुनासोकर्ताको गोपनियताको हकलाई पूर्ण संरक्षण गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, नागरिकमैत्री छिटोछरितो, चुस्त दुरुस्त र पारदर्शी बनाइनेछ। गुनासो वा उजुरी गर्न कार्यालयको वेवसाईट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको निम्न लिङ्क मार्फत वा देहायको क्यू आर कोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने समेत अनुरोध छ।
Link: https://forms.gle/v4yTWjaQkU3kPmga6