Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्ला परिचय

2076-05-14

2076-05-14


31543273_156003825241592_2271720722407620608_n.jpg तस्बिर :

१. गोरखा जिल्लाको परिचय

१. १ गोरखा जिल्लाको ऐतिहासिक पृष्ठभूमि:

नेपाल राज्यको एकीकरण गर्ने श्रेय  गोरखा जिल्लालाई दिने गरिन्छ।  तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाँउमा  घले थरका मगरहरुले राज्य गर्दथे। त्यहाँ प्रत्येक बर्ष विजयादशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस दौड प्रतियोगितामा भाग लिई दौडमा प्रथम भई तत्कालिन लमुजङ राज्यका अधिराज कुमार  द्रव्य शाह लिगलिगकोटमा राजा बनेका थिए। द्रव्य शाह लिगलिगकोटको राजा भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकाले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन। भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरुले उनको उत्साहलाई बढाईरहेका थिए। द्रव्य शाहका सैनिकहरु थापा, भुसाल, मास्के, रानाहरु समेतले गोरखाका राजाको दरबारलाई घेरी आक्रमण गरे। द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे। यस प्रकार वि.स. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाको राजा भए ।

             द्रव्य शाहले पछि गोरखा राज्यमा उनका वंशजहरु पुरन्दर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, रुद्र शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाईन्छ । राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रुपमा वि.स. १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो । यी राज्यहरुबीच एक आपसमा शत्रुताको व्यवहार, मत्स्य न्यायको अवस्था थियो । अर्कोतिर भारतमा ब्रिटिस साम्राज्य फैलिईसकेकोले उनीहरुको आँखा नेपालमा परेको थियो । वि.स. १७९९ मा २० बर्षको कलिलो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले   टुक्रिएर रहेका स–साना राज्यहरुलाई एकीकरण गरी विशाल नेपाल राज्यमा गाभ्ने अठोट लिए । तदनुरुप वि.स. १८०१ मा नुवाकोट, १८१९ मा मकवानपुर, १८२२ मा किर्तिपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको एकीकरण गरे र देशको राजधानी पनि काठमाण्डौं बनाए । यसपछि उनका वंशज खासगरी प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी, एवं तत्कालीन भारद्धाज कालु पाण्डे, वंशीधर पाण्डे, भीमसेन थापा, अमरसिंह थापालगायतका विरंगनाले एकीकरण विस्तार गरी नेपाल राज्यलाई वर्तमान स्वरुपमा ल्याई पुर्याए । यसरी वर्तमान नेपाल राज्यको निर्माण गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ ।

            गौरवमय इतिहास बोकेको गोरखा जिल्लाको नाम गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट रहन गएको मान्यता छ । साथै गाईको रक्षा (गो रक्षा) गरिने ठाँउ भएकोले सोही आधारमा पनि यो ठाउँको नाम गोरखा रहेको मानिन्छ । नेपाली भाषामा घाँसको यो फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुंदाहुंदै गोरखा भएको भन्ने भनाई पनि रहेको छ ।  यो जिल्ला अन्तर्गत घाँसका ठूला फाँट/खर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखा बारेमा चर्चा गरिएको छ । जयदेव द्धितियको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो ।

१.२ गोरखा जिल्लाको संक्षिप्त परिचय :

गोरखा जिल्ला नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्लाहरु मध्ये एकऐतिहासिक महत्व रहेकोजिल्ला हो । यो जिल्ला समुन्द्री सतहबाट २२८ मिटर देखि ८१६३ मिटरको उचाईसम्म रहेको छ । देशको कुल भु- भागको २.४५ प्रतिशत ओगटेको र कुल ३६१० बर्ग कि. मि. मा  फैलिएको यो जिल्ला क्षेत्रफलका दृष्टिकोणले नेपालको चौथौ ठुलो जिल्ला हो । भौगोलिक रुपले मध्यपहाडी क्षेत्र देखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको गोरखा जिल्ला जैविक विविधताले धनी र पर्यटकीय  दृष्टिले समेत महत्वपूर्ण मानिन्छ ।  बुढिगण्डकी, मर्स्याङदी,चेपे, दरौंदी, त्रिसुली लगायतका आदि यहाँका नदीहरु, गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदा, मनकामना मन्दिर, गोरखकाली मन्दिर लगायतका धार्मिक सम्पदा,  कल्छूमन ताल, कालाताल, नारदकुण्ड, दुधपोखरी,विरेन्द्र ताल, रानीपोखरी जस्ता ताल तथा पोखरीहरु, मनास्लु, हिमालचुली, बौद्ध हिमाल, नागधी चुली जस्ता हिमचुचुराहरु, उपल्लोकोट, तल्लोकोट,लिगलिग कोट आदि कोटहरु, गुम्वाहरु तथा गुफाहरु र विविध जातजाती, भाषा, धर्म, समुदाय तथा विविध रहनसहन यहाँको मुख्य आकर्षणहरु हुन। त्यसैले नेपालमा रहेको ७ प्रदेशहरु मध्ये गण्डकी  प्रदेश अन्तर्गतको गोरखा जिल्ला ऐतिहासिक, धार्मिक  तथा सांस्कृतिक तथा आर्थिक सम्भावनाका  दृष्टिले धनी भनेर परिचित छ ।  

.२.१. भौगोलिक अवस्थिति:   

  • अक्षांश :    २७ १५’ देखि २८१५’ उत्तरसम्म
  • देशान्तर :    ८४२७’   देखि  ८४५८’ पुर्वसम्म
  • क्षेत्रफल :    ३६१० वर्ग किलोमिटर
  • उचाई    :    २२८ मिटर देखि ८१६३ मिटरसम्म

.२.२. सिमाना:

  • पुर्व          :         धादिङ, तिब्बत(चीन)
  • पश्चिम       :         तनहू, लमजुङ, मनाङ, तिब्बत(चीन)
  • उत्तर         :        तिब्बत(चीन)
  • दक्षिण      :        चितवन, तनहु, धादिङ जिल्ला

.२.३.  जिल्लाको राजनैतिक तथा प्रशासनीक विभाजन:

  • प्रदेश:  गण्डकी प्रदेश
  • जिल्ला : गोरखा
  • निर्वाचन क्षेत्र:२
  • नगरपालिका: २
  • गाउँपालिका: ९
  • वडा: ९४

 .२.४. गोरखा जिल्लामा कायम रहेको स्थानीय तहहरुको बर्तमान संचरना:

वर्तमान संघीय संरचना अनुसार गोरखा जिल्लालाई २ नगरपालिका, ९ गाउँपालिका र ९४ वडामा विभाजन गरिएको छ । जिल्लामा रहेको गाउँपालिका/ नगरपालिका, समाहित साविकका गा.वि.स. र केन्द्र सम्बन्धी विस्तृत  विवरणहरु तलको तालिकामा देखाइएको छ ।

 

सि.नं.

गाउँपालिका/ नगरपालिकाको नाम

वडा संख्या

समाहित भएका साविक गा.वि.स./न.पा.

केन्द्र

   १.   

आरुघाट गाउँपालिका

१०

मान्वु, थुमी, आरुआर्वाङ, आरुपोखरी र आरुचनौटे

साविक आरुचनौटे गाविस

२.

अजिरकोट गाउँपालिका

घ्याच्चोक, खरिबोट, हंसपुर, सिम्जुङ र मुच्चोक

साविक हंसपुर गाविसको कार्यालय

३.

भिमसेनथापा गाउँपालिका

मसेल, बगुवा, अश्राङ, बोर्लाङ, धावा र तान्द्राङ

साविक मसेल गाविसको घ्याम्पेसाल

४.

चुमनुब्री गाउँपालिका

छेकम्पार, चुम्चेत, सिर्दिवास, विही, प्रोक, ल्हो र सामागाउँ

साविक सिर्दिवास गाविसको कार्यालय

५.

धार्चे  गाउँपालिका

केरौंजा, काशीगाउँ, उहिया, लापु, गुम्दा र लाप्राक

साविक गुम्दा गाविसको माछाखोला

६.

गण्डकी गाउँपालिका

ताङ्लिचोक, भुम्लिचोक, फुजेल, दर्बुङ, घ्याल्चोक र मकैसिङ

साविक भुम्लिचोक गाविसको कार्यालय

७.

गोरखा नगरपालिका

१४

गोरखा नगरपालिका, देउराली र ताप्ले

साविक गोरखा नगरपालिका कार्यालय

८.

पालुङटार नगरपालिका

१०

पालुङटार न.पा., मिरकोट, धुवाकोट र खोप्लाङ

साविक पालुङटार नगरपालिकाको कार्यालय

९.

शहिद लखन गाउँपालिका

बक्राङ, मनकामना, ताक्लुङ, घैरुङ, बुंकोट र नाम्जुङ

साविक घैरुङ गाविसको कार्यालय

१०.

सिरानचोक गाउँपालिका

हर्मी, छोप्राक, केराबारी, थालाजुङ, गांखु, श्रीनाथकोट र जौवारी

साविक छोप्राक गाविस

११.

बारपाक सुलिकोट गाउँपालिका

सौरपानी, स्वाँरा, ताकुकोट, तामालाबोट, पाँचखुवादेउराली, बारपाक र पन्द्रुङ

साविक ताकुकोट गाविस अन्तर्गत

 

.२.५. हावापानी :

गोरखा जिल्ला सामान्यतया: मनसुनी क्षेत्रभित्र  पर्दछ । यहाँको मनसुन जेठमा शुरु भई असोजमा टुङ्गिन्छ। हिउँदमा पश्चिमी वायूले केही वर्षा गराउदँछ र यो वर्षा नगण्य नै हुन्छ । हिमाली प्रदेश, पहाडी  प्रदेश, वेशी, टार, आदि भौगोलिक विभिन्नताले गर्दा गोरखाको हावापानी एकनास छैन । लार्के भोटमा बार्है महिना जाडो भइरहन्छ भने टार बेशीमा सधै गर्मी नै हुन्छ । यो जिल्ला समुन्द्री सतहबाट २२८ मिटर देखि ८१६३ मिटरको उचाईसम्म फैलिएको हुँदा यस जिल्लामा नेपालमा पाइने सवै प्रकारका हावापानी पाइन्छ। तसर्थ हावापानीका दृष्टिकोणले पनि यो जिल्ला एउटा अनुपम संगमको जिल्लाका रुपमा परिचित छ।

  1. हिमाली वा टुण्ड्रा हावापानी

समुन्द्र सतहबाट ५,००० मिटरभन्दा माथिको उचाईंमा रहेको उच्च हिमाली क्षेत्रमा पाइने हावापानीलाई  टुण्ड्रा हावापानी पनि भनिन्छ । यहाँको तापक्रम ० डिग्री सेल्सियसभन्दा कम र वर्षाको रूपमा हिउँनै वर्षन्छ। सदैव तापक्रम ० डिग्री सेल्सियस हुने हुदाँ सधै ठण्डा हुन्छ  र वनस्पतिविहिन हुन्छ । यहाँको हावापानीलाई हिमाली मरुभूमि जलवायु पनि भनिन्छ । यसका मुख्य क्षेत्रहरु बौद्ध हिमाल, मनास्लु, हिमालचुली लार्के,ग्याजा भन्ञ्याङ आदि हुन् ।

 

  1. लेकाली हावापानी

समुन्द सतहदेखि ३,३०० मिटरदेखि ५,००० मिटर उचाईसम्मको हिमाली क्षेत्रको शुष्क ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ ।  यो क्षेत्रमा गर्मीमा १०—१५ डिग्री से. सम्म तापक्रम पाइन्छ भने जाडोमा ० डिग्री सेल्सियम भन्दा तल पुग्दछ । यहाँ वर्षा वर्षभरिमा करिब ४० सेन्टिमिटरसम्म हुन्छ ।  यस क्षेत्रमा अन्तर्गत कुदाङ भोटका वस्तीहरु उहिया, सिम्जुङ, गुम्दा, छेकम उपत्यकाको उत्तरको क्षेत्र, प्रोक ,ल्हो र सामागाउ उत्तरको क्षेत्र साम्दो आदि पर्दछन्। यो क्षेत्रमा स्याउ, आलु, जौ फापर, जस्ता खेतीपाती र चौरी, भेडा, च्याङ्ग्रा जस्ता पशुपालन यस क्षेत्रका वासिन्दाको मुख्य पेशा हो । यस वाहेक यहाँका वासिन्दा पर्यटन व्यवसायमा संलग्न रहेको पाइन्छ।

  1. ठण्डा समशीतोष्ण हावापानी

महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा २,१००—३,३०० मिटरसम्मको उचाईमा यस्तो हावापानी पाइन्छ । सिर्दिवासभन्दा उत्तरको क्षेत्रमा तापक्रम १५—२० डिग्री सेल्सियस र जाडोमा ० डिग्री से. भन्दा तल हुन्छ । गर्मीमा वर्षा १०० सेन्टिमिटरसम्म हुन्छ भने हिउँदमा हिउँ वर्षिन्छ । न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ र जीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ । यो हावापानी जिल्लाको चुम्लिङ्ग, छेकम्पार र सामागाउको तल्लो क्षेत्रमा केही वस्तीहरु केन्द्रित छन् । यो भागमा मकै, कोदो र घैया धान खेती गरिन्छ ।

 

  1. न्यानो शितोष्ण हावापानी

चुरे पहाड र महाभारत पर्वतको १२०० मिटरदेखि २१०० मिटरसम्मको उचाईमा पाइने हावापानीलाई न्यानो समशीतोष्ण हावापानी भनिन्छ ।  यस क्षेत्रमा गृष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ ।  गृष्म ऋतुमा तापक्रम २४—३० डिग्री से.सम्म पुग्दछ भने हिउँदमा ० डिग्री से. सम्म ओर्लिन्छ । गर्मीमा यस क्षेत्रमा १२५ सेन्टिमिटर सम्म वर्षा हुन्छ । वर्षा दक्षिणबाट उत्तरतर्फ क्रमश: कम हुँदै जान्छ । गोरखा दरवार रहेको स्थान वरावरको उचाइभन्दा माथि खासगरी सिरानचोक उत्तरको क्षेत्र, सहिदलखन गापाको मनकामना क्षेत्र, वारपाक सुलिकोट, धार्चे, अजिरकोट तथा सिर्दिवास फिलिम लगायतको क्षेत्रमा यो हावापानी पाइन्छ। यो हावापानीको क्षेत्रमा जिल्लाको धेरै वस्ती केन्द्रीत छ  । यो भागमा पनि मकै, कोदो, घैया धान तथा फलफूलको खेती गरिन्छ ।

 

  1. उष्ण मनसुनी हावापानी

समुद्र सतहदेखि करिब १,२०० मिटर उचाईसम्मका क्षेत्रहरू बुढिगण्डकी, त्रिशुली, मर्स्याङदी, चेपे, दरौदी र यस्तै प्रकृतिका क्षेत्र आसपासका भागहरु, टारहरु, खोच, नदी, वेसी, आदि भागमा यस्तो हावापानी पाइन्छ ।  यस क्षेत्रको सरदर तापक्रम गर्मी याममा १५—४० डिग्री से. सम्म हुन्छ भने शीतकालमा १५— ५ डिग्री से.सम्म ओर्लिन्छ । अन्य क्षेत्रको तुलनामा यहाँ अत्याधिक गर्मी हुन्छ । वर्षा ऋतुमा यहाँ सरदर २०० सेन्टिमिटर (१३००—२६०० मिलिमिटर) सम्म वर्षा हुन्छ भने गृष्म ऋतुमा तातो हावा समेत बहन्छ । जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने हुँदा कृषि कार्य धान गहुँ र मकै आदि का लागि उपयोगी क्षेत्र हो । गोरखाको अधिकांश कृषियोग्य भूमि यसै क्षेत्रमा पर्दछ । साल, सिसौ, खयर जस्ता वृक्ष भएको सदावहार र मिश्रित जंगल यस क्षेत्रमा पाइन्छ ।

.२.६. गोरखा जिल्लालाई चिनाउने केही महत्वपूर्ण स्थान:

गोरखा दरवार कालिका मन्दिरगोरखनाथ मन्दिर

  •  
  • ,पालुङटार                     घ्याम्पेसाल

मनकामना मन्दिरवारपाक लाप्राक

आरुघाट बजारसामागाउँचुम भ्याली

धार्चे माछीखोलासिर्दिवास फिलिमनुव्री भ्याली

.२.७ बन तथा वन्यजन्तु 

.२.७.१ वन प्रजातिहरुको विवरण

यस जिल्लामा मुख्यतः साल, चिलाउने, कटुस, खोटे सल्ला, बांझ, गोब्रे सल्ला, लालीगुँरास, लगायतका वनस्पतीहरु पाइन्छन् । मस्र्याङ्दी, बुढि गण्डकी, दरौंदी र त्रिशुलि जस्ता ठूला नदिहरुको आसपासमा रहेका टार, बेसी र फाँटका जग्गाहरु तराई र भित्रीमधेशको जस्तै सालको जंगलले ढाकिएको छ । खोला किनारमा फाटफूट खयर, सिमलको वन देखिए तापनि सिसौको प्राकृतिक वन भने पाईदैन । गोरखाको दक्षिणमा खयर सालको वन र उत्तरमा हिमरेखासम्म अल्पाईन वनस्पति हुनुले नेपालमा पाईने सम्पूर्ण किसिमका वनस्पति पाईनु यो जिल्लाको बिशेषता र जैविक बिविधता मान्न सकिन्छ । जिल्लामा कूल १,०९,३०० हे. वन क्षेत्रले ढाकेको छ । त्यस्तै जिल्लाको कूल २,३२,४६८ हे.अन्य क्षेत्रले ढाकेको छ । अर्थात जिल्लाको कूल भू–भागको ३६.५४% वन र बुटयान क्षेत्रले ढाकिएको छ भने घाँसेमैदान (चरन क्षेत्र) समेतलाई वन क्षेत्रमा समावेश गर्दा ४७.६३% वन क्षेत्रले ढाकिएको देखिन्छ । बन देहाय बमोजिम बर्गिकरण गरी व्यवस्थापन गरिएको छ।

  1. सामुदायिक वन:

३३७०३.०७ हेक्टर वन क्षेत्र ५११ सामुदायीक वन उपभोक्ता समुहहरुलाई हस्तान्तरण भएको छ।

  1. कवुलियती वन:

९८३.६३ हेक्टर वन क्षेत्र २८३ वटा कवुलियती वन समुहहरुलाई हस्तान्तरण भैसकेको छ।

  1. धार्मिक वन:

डिभिजन वन कार्यालयबाट ६ गोटा धार्मिक निकायवाट वनको संरक्षण एवम् व्यवस्थापन हुने गरी ६१.३६ हेक्टर वन क्षेत्र ६ वटा समूहलाई हस्तान्तरण गरिएको छ ।

  1. सरकारद्वारा व्यवस्थित वन:

राष्ट्रिय वनको भाग जुन अरु वनको रुपमा व्यवस्थापन वा हस्तान्तरण गरिएको छैन त्यस्तो वनलाई सरकारद्वारा व्यवस्थित वन भनिन्छ । गोरखा जिल्लाको वनको कुल क्षेत्रफल मध्ये हालसम्म ५८८६२.२९ हे. वन सरकारद्वारा व्यवस्थित वनको रुपमा रहेको छ ।

 

 

  1. संरक्षण क्षेत्र:

उत्तरी क्षेत्रको चुमनुब्रि गाउपालिकाको ७ वडाहरु ( सिर्दीवास, बिही, ल्हो, प्रोक, सामागाउँ, चुम्चेत, र छेकम्पार) मिलेर बनेको  मनासलु संरक्षण क्षेत्र आयोजनाबाट व्यवस्थापन हुदै आएको छ । यसको कूल क्षेत्रफल १,६६,३०० हे. (कूल भुभागको ४६.६१% ) रहेको छ । मुख्यतः यस क्षेत्रमा हिमाल, चट्टान र घाँसे मैदानका खर्कहरु प्रशस्त पाउन सकिन्छ । यो क्षेत्र प्राकृतिक दृष्यावलोकन र बहुमुल्य जडिबुटिको भण्डार मानिन्छ ।                                             

  1. निजी वन :

वनबाट प्राप्त हुने वस्तु तथा सेवाहरुको आपुर्तिको लागि निजी वनको महत्वपुर्ण भुमिका हुन्छ । हालसम्म ४९.३२ हे. क्षेत्रफल ५७ वटा निजी वनहरु डिभिजन वन कार्यालयमा दर्ता भएका छन् । यसरी दर्ता भएका निजी वनहरुमा डिभिजन वन कार्यालयले प्राविधिक सहयोग तथा जग्गा छुट्याउन अनुदान समेत उपलब्ध गराउने गर्दछ ।

.२.७.२ मुख्य गैरकाष्ठ वन पैदावार:-

जैविक विविधतामा धनि मानिने यस जिल्लामा विभिन्न किसिमका जडीबुटीहरू पाइन्छन् । उत्तरी क्षेत्रमा यार्सागुम्वा, पाँचऔले, जटामसी, चिराइतो, लौठसल्ला, सतुवा, कुट्की, मुसली, काउलो, वनलसुन, पाषणभेद, सुगन्धवाल, जिवन्ती, शिलाजित, सुनगाभा, चुत्रो, वनकरेला, नागवेली, तेजपात, पद्यमचाल, मजिठो, झ्याउ, गामाडोल, बेलाडोना, सुगन्धकोकिला, सोमलता आदी जातका महत्वपूर्ण प्रजातिहरू पाइन्छ भने दक्षिण भेगमा कुरिलो, टिमुर, अमला, सर्पगन्धा, पिप्लापिप्ली, बोझो, गुर्जो, हर्रो–वर्रो जडिबुटिहरु पाइन्छ । गैह्रकाष्ठ वनपैदावारहरुमा प्रयोगमा ल्याइएका सजिवन, बाँस, निगालो, लोक्ता, अल्लो, टुसा, सिस्नु, गुच्चीच्याउ, असुरो, सिन्दुरे, चिउरी आदी प्रजातीहरू पाइन्छन् ।

.२.७.३ वन्यजन्तु:-

यस जिल्लामा चितुवा, मृग (रातो) भालु, घोरल, कस्तुरी, नाउर, स्याल, दुम्सी, वन विरालो, खरायो, गोहोरो, आदी जनावरहरू तथा डाँफे, मुनाल, कालिज, लुइंचे, मलेवा, ढुकुर, वट्टाइ, तित्रा, भ्याकुर आदी विभिन्न जातका पंक्षीहरू पाइन्छ ।

.२.८ खानी तथा खानीजन्य पदार्थ

यस जिल्लामा पाईने चट्टानहरु पत्रेदार, परिवर्तित र आग्नेय स्वरुपका चट्टानहरु  (Rocks) पाईछन् । दक्षिण भागमा  प्रायः परिवर्तित चट्टानहरु फाईलाईट, सिष्ट, लाईमस्टोन, डालोमाईट, स्यान्डस्टोन र क्वार्जाइटहरु पर्दछन। त्यसै गरी जिल्लाको दक्षिणी भागमा Deep lateritic र Sub tropical podzolic देखि forest podzols किसिमको माटो पाईन्छन् भने उत्तरी क्षेत्रहरुमा टुण्ड्रा किसिमको माटो (Soil) पाईन्छ  भने खोप्लाङ्ग, धुवाँकोट, मिरकोट, अश्राङ्ग, वोलाङ्ग, सिम्जुङ्ग, मुच्चोक र थुमी लागएतका क्षेत्रमा ढुङ्गाखानी र  गणेश हिमाल चुम्चेत– ८ मा कर्कटपाता र शिसा खानी (Potential mines) भएको अनुमान गरिएको छ ।

 

मिति 2080 साल असार 14 गते गोरखा जिल्ला गोरखा नगरपालिका वडा नं. 7 सतीपिपल स्थित राममाया शाहीको घरबाट 52.93 के.जी तौल भएको क्वार्ज क्रिष्टल ठुलो मुल्यमा किनबेच हुन लागेको भनी सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखा द्धारा बरामद गरी गो.न.पा 6 स्थित जिल्ला प्रहरी कार्यालय गोरखामा राखिएको। खानी तथा भुगर्भ विभागबाट आएको टोलीबाट गरिएको परिक्षणबाट उक्त वस्तु क्वार्ज क्रिष्टल रहेको भनी श्रावण 28 गते प्रमाणित भएको ।स्थानीय राममाया शाहीको घरमा वर्षौ अगाडी देखि राखिएको भनिएको उक्त क्वार्ज क्रिष्टल निजको परिवारले धार्मिक महत्वको हिसाबले पुजाआजा गर्दै आएको। खनिज पदार्थ ऐन 2042 को दफा 25 (1)  अनुसार खनिज कार्य गर्ने अनुमति नलिई अनाधिकृत तवरले उत्खनन तथा संकलन कार्य गरेको खनिज पदार्थ खानी तथा भुगर्भ विभागको जिम्मा लगाउनुपर्ने भनी लेखि आएकोमा गोरखा जिल्ला स्थित श्री गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र, गोरखा, उद्योग वाणिज्य संघ सतीपिपल भाङवारी टोल विकास संस्था, राजनितिक दल, स्थानीय जनप्रतिनिधि, नागरिक समाजबाट उक्त क्वार्ज क्रिष्टल धार्मिक एवं ऐतिहासिक महत्व बोकेको कारण गोरखामा राख्‍नु पर्ने माग भए बमोजिम नेपाल सरकार मन्त्रिस्तरीय निर्णयानुसार पुरातत्‍व विभागबाट मिति 2080/11/08 मा प्राप्त पत्रानुसार मिति २०८०/१२/२३ गते क्वार्ज क्रिष्टल गोरखा दरबारमा कुनै पनि नयाँ स्थायी संरचना निर्माण नगरी पृथ्वीनारायण शाहको कक्षमा Showcase मा सबैले देख्ने गरी प्रदर्शनीमा राखिएको छ ।

.२.९. धार्मिक, पुरातात्विक , पर्यटकीय क्षेत्रहरु,पदमार्गहरु तथा व्यापारीक केन्द्रहरु

गोरखा जिल्ला ऐतिहासिक रुपमा मात्र नभई धार्मिक तथा प्राकृतिक दृष्टिकोणले पनि एक रमणिय स्थल हो । यहाँको मनकामना माई, गोरक्षनाथ, गोरखकालीको दर्शन गर्न तथा गोरखा संग्रहालयको अवलोकन गर्न वर्षेनी हजारौं आन्तरिक तथा वाह्य पर्यटकको आगमन  हुन्छ । गोरखा जिल्ला उत्कृष्ट पदमार्गको रुपमा संसारमा प्रसिद्ध छ । मनास्लु पदयात्राका लागि हजारौ पर्यटकहरु बर्षेनी गोरखा भित्रिने गर्दछन् । विश्वको आठौँ अग्लो हिमाल मनासलु यहि जिल्लामा छ । धार्मिक तथा प्राकृतिक दुवै क्षेत्रको लागि गोरखा राम्रो गन्तव्य स्थल हो ।

  1. गुफाहरु
  • सिद्ध गुफा:- शहिद लखन गाउँपालिकामा (मनकामना मन्दिरको उत्तरपट्टीको डाँडोमा १,५०० मि. को उचाईमा रहेको। लम्बाई ३० फिट  र उचाई २० फिट) रहेको छ  ।
  • पुरानो फु –गुफा:- चुननुब्री गाउँपालिका ( साविक छेकम्पार –५) , वुर्जी टोलको ३,०९७ मि. को उचाईमा रहेको । एकै ठाँउमा तीन गुफा रहेको ।
  • तीनतले गुफा:- अजिरकोट गाउँपालिका ( साविक मुच्चोक – ४) मा रहेको ,शिवरात्रीमा मेला लाग्ने , गुफामा रहेको प्वालबाट १५ मि. पसि ३० मि. उचाईमा चढेर फेरी १५ मि. बाहिर आउने बाटो हिँडेर प्वालबाटै बाहिर निस्कन सकिने ।
  • सिता गुफा:- सुलिकोट गाउँपालिका (साविक स्वाँरा गा.वि.स.) को उत्तर रहको पश्चिममा रहेको , चैत्र महिनामा पर्ने रामनवमीमा मेला लाग्ने गुफा भित्रको भाग २० फिट उचाई ,४० – ६० फिट चौडाई र २० मि. लम्बाई ।
  1. कोटहरु
  • लिगलिगकोट:-पालुङ्गटार न.पा.(साविक आँपपिपल –४), चेपेघाटबाट २ कोष दुरीमा पर्दछ । (घले राजाले नापेको )
  • तल्लोकोट:- दारेगौडा, गोरखा ।
  • उपल्लोकोट:- हनुमान भञ्ज्याङको पूर्वपट्टी उकालो चढेपछि अग्लो टाकुरामा ब्रज भैरवको मुर्ति छ । जसमा एउटा त्रिशुल गाडिएको छ ।
  • वारपाक कोट:- सुलिकोट गाउँपालिका (वारपाक – ८) मा अवस्थित छ । यहा २ वटा कोटहरु छन् ।
  • अजिरकोट:- अजिरकोट गाउँपालिका ( साविक हंशपुर – ९) मा ६,५०० मि. उचाईमा अवस्थित   छ ।
  • (गोरखा जिल्लामा जम्मा ३६ वटा साना ठुला कोटहरु रहेको पाईन्छ । जस्तै मिरकोट, धुावाकोट, लकाङकोट, ताकुकोट, श्रीनाथकोट, बुंङकोट आदी  त्यस्तै चोकहरुमा ताङलीचोक, खान्चोक, बिरीनचोक, सिरानचोक, झुम्लीचोक, मुच्चोक, ध्याल्चोक, घ्याचोक, त्यस्तै टारहरुमा महादेबटार, पालुङटार, कुन्दुरटार, छेबेटार, फिनामटार, च्याङलीटार आदी )
  1. स्मारक स्थल तथा पार्क
  • कालुपाण्डे स्मारक स्थल:-पालुङ्गटार नगरपालिका (साबिक खोप्लाङ–६), विहारेडिहीमा अवस्थित ।
  • लखन थापा स्मारक स्थल:- शहिद लखन गाउँपालिका (साबिक बुंङकोट–४), काहुले भङेरामा १,१०० मिटर उचाईमा अवस्थित छ । उनीलाई राणा शासनको विद्रोह गरेको आरोपमा वि.सं १९३३ फागुन २ गते ४२ वर्षको उमेरमा आफ्नै घर अगाडीको खिर्रोको रुखमा झुण्डाएर मारिएको थियो ।  
  1. गोरखा रङ्गशाला:- गोरखा बजार
  2. महादीपटारी पार्क:- गो.न.पा. १० छेपेटार
  3. चिल्ड्रेन पार्क:- गो.न.पा.५ दर्शनडाँडा
  4. द्रव्यशाह पार्क:- गो.न.पा.  पसलाङ्ग चौतारा
  5. शहिद बाटिका पार्क:- गो.न.पा. १२ दश किलो
  6. स्टोन पार्क:- गो.न.पा. ६ समीडाँडा
  7. शहिद बाटिका संरक्षण रानीवन
  8. भिमसेन पार्क फिनाम
  9. विशेनगर्ची पार्क गोरखानगर पालिका

.२.१०. जिल्लामा रहेको प्रसिद्ध मठ मन्दिरहरु

क्र. सं.

मठ मन्दिर

ठेगाना(साविक गा. वि.स/ न. पा.)

कैफियत

कालिका मन्दिर (गोरखा दरबार)

गो. न. पा. ६

 

मनकामना मन्दिर

मनकामना-३

 

गोरखनाथ मन्दिर (गोरखा दरबार)

गो. न. पा. ६

 

मुरलिधर नारायण मन्दिर 

गो. न. पा. -१ पोखरीथोक

 

रामेश्वर मन्दिर

गो. न. पा. -१, पोखरीथोक

 

भगवतीस्थान

बुंकोट

 

विरिमकाली मन्दिर

गो. न. पा. -१०

 

बक्रेश्वर महादेव मन्दिर

मनकामना

 

भिम विरेश्वर मन्दिर

नामजुङ-माझिटार

 

१०

राधावल्लभेश्वर मन्दिर

गो.न.पा. -२

 

११

अकलामाइको मन्दिर

धुँवाकोट- मर्स्याङदीको किनारमा

 

१२

बाराही मन्दिर

गो.न. पा. -६

 

१३

भिमसेन मन्दिर

गो. न. पा. -१

 

१४

अन्नपूर्ण मन्दिर

खोप्लाङ

 

१५

नामरुन देवी

गो. न.पा. पस्लाङ्ग

 

१६

तान्द्राङकोटकाली मन्दिर

भिमसेनथापा २ तान्द्रङ

 

.२.११. जिल्लामा रहेको प्रसिद्ध गुम्बाहरु:

क्र. सं.

 गुम्बाको नाम

ठेगाना( साविक गा. वि.स/ न. पा.)

उचाई

राजेन गुम्बा

छेकम्पार-५, राजेन टोल

३२७५ मि

श्रृगीश्र गुम्बा

विही-४, सेराङ गाउँमा

२५५० मि

कर्जुछिलिङ गुम्बा

सामागाउँ

३७५० मि

मु गुम्बा

छेकम्पार-९

३५१० मि

लुङटाङ गुम्बा

चुम्चेत-२ धोम्ज

३१०० मि

नाक्सा छ्योलिङ गुम्बा

प्रोक गा. वि.स.

 

पुङगेन गुम्बा

सामागाउँ -१, गाँवाला

३८२० मि

गोङे गुम्बा

छेकम्पार-९, गोङे टोल

३१८० मि

देरोन गुम्बा

छेकम्पार-९, देरोन गाउँ

३५०० मि

.२.१२. जिल्लामा भएका प्रमुख हिमशिखर सम्बन्धी विवरण

सि. नं.

हिमचुलीको नाम

उचाई( मिटरमा)

अवस्थिति

अक्षांश

देशान्तर

मनास्लु( किलर माउण्टेन)

८१६३

२८३२५८।।

८४३३४३।।

हिमालचुली- पूर्व

७८९३

२८३६०८।।

८४३८३२।।

म्यादी चुली

७८७१

२८३०१३।।

८४३४०९।।

हिमालचुली-पश्चिम

७५४०

२८२६०७।।

८०३६०६।।

हिमलचुली-उत्तर

७३७१

२८२६५९।।

पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:40:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .