2076-04-22
2076-04-22
नेपाली महिला दिदिवहिनीहरूको महान पर्व हरितालिका तीजको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्व रहेको व्यहोरा सर्वविदितै छ । तर पछिल्ला केहि वर्षहरूमा यस पर्वको सेरोफेरोमा हुने गरेका तडकभडक, फजुल खर्च एवं गरगहनाको अस्वभाविक प्रदर्शनका कारण भविष्यमा पर्न सक्ने नकरात्मक असर एवं प्रभावका बिषयमा समेत पूर्वसचेतना र पूर्वसावधानीको आवश्यकता वोध भर्इरहेको छ । यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय गोरखा तीज पर्वको सामाजिक, सांस्कृतिक एवं धार्मिक महत्वलार्इ संरक्षण, संवर्द्वन एवं प्रवर्द्वन गर्दै यस पर्वलार्इ पारिवारिक एवं सौह्रार्दपूर्ण वातावरणमा मनाउनका लागि सम्पूर्ण गोरखाली दिदीवहिनीहरूमा हार्दिक अनुरोध गर्दछ ।