Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

तिहार तथा देउसी भैलाे सम्बन्धी जरूरी सूचना

2076-07-05

2076-07-05


नेपालीहरुको घर दैलोमा आईरहेको महान चाड तिहारको समयमा दियो, मैनवत्ती, पालहरु एवं विद्युतीय उपकरणहरु बाली दिपावली मनाउदा आगलागि जस्ता विपद्का घटना घट्न सक्ने भएकोले यस्ता कार्यहरु गर्दा पुर्ण रुपमा सजगता अपनाई होसियार पुर्वक यस्ता कार्यहरु गर्नु गराउनु हुन सम्पुर्ण जिल्ला वासीहरुमा अनुरोध गरिन्छ ।
    त्यस्तै यस अवसरमा परम्परागत रुपमा सांस्कृतिको सम्बर्धन र प्रवर्धनका उद्येश्यले देउसी भैलो लगायतका विभिन्न साँस्कृतिक कार्यक्रमहरु हुने गर्दछन् । यस्ता कार्यक्रमहरु रातको समयमा सञ्चालन गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पु¥याउन सक्ने हँदा सुरक्षालाई दृष्टिगत गरी देउसी भैलो लगाएतका सार्वजनिक रुपमा गरिने सांस्कृतिक कार्यक्रमहरु राती १०ः०० बजेसम्म मात्र गर्नु गराउनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।
    तिहार, छठ जस्ता पर्वहरुमा भुइचम्पा, पटका र आतिसबाजी जस्ता विष्फोटक पदार्थहरुको प्रयोगबाट सर्वसाधरण जनताको स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने, चोटपटक लाग्ने तथा आगजानी भई धनजनको समेत क्षती हुन सक्ने भएकोले तिहार तथा छठ पर्वको अवसरमा त्यस्ता विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रि वितरण तथा प्रयोग नगर्न नगराउन र आ–आफ्नो बालबच्चाहरुलाई भुँईचम्पा, पटका र आतिसवाजी जस्ता विष्फोटक पदार्थको प्रयोग गर्न नदिन सबैमा हार्दिक अनुरोध गरिएको छ । यदि कसैले यस विपरितको कार्य गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सबैमा जानकारीको लागि अनुरोध गरिन्छ ।

 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:40:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .