2075-12-04
2075-12-04
जिल्ला प्रशासन कार्यालय गोरखाको
अत्यन्त जरुरी सार्वजनिक सूचना
नजिकिदै आईरहेको सांस्किृतिक पर्व फागू (होली) शान्तिपूर्वक, अनुशासित, मर्यादित र सद्भावपूर्ण रुपमा मनाउनु हुन जिल्लाबासी महानुभावहरुमा जिल्ला प्रशासन कार्यालय गोरखा हार्दिक अनुरोध गर्दछ । यसै क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, एक अर्काको इच्छा विपरित जवरजस्ती प्लाष्टिकजन्य लोला हान्ने, रंग छ्याप्ने, फोहोर छ्याप्ने, जथाभावी अविर फाल्ने, अन्य कुनै पदार्थले हान्ने, महिला तथा बालबालिका लगायत बाटोमा हिड्ने यात्रीहरुलाई दुःख हैरानी गर्ने, सडक अवरोध गर्ने जस्ता अवाञ्छित एवं उच्छृङ्खल गतिविधिहरु कानूनद्धारा निषेधित कार्यहरु भएकोले त्यस्ता प्रकारका कार्यहरु नगर्न, नगराउनु हुन समेत अनुरोध गरिन्छ । यदि कसैले त्यस्ता कानून विपरितका कार्यहरु गरे, गराएको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।