2075-08-12
2075-08-12
तस्बिर :
प्रस्तुत विषयमा अपराध अनुसन्धान तथा नियन्त्रण गर्ने कार्यमा विद्युतीय उपकरणको प्रभावकारिता बढाई CCTV/Camera जडान र प्रयोगलाई प्रोत्साहन तथा व्यवस्थापन गर्ने उद्देश्यले गृह मन्त्रालयद्धारा मिति २०७२।०७।२५ मा CCTV/Camera जडान तथा सन्चालन सम्बन्धी कार्यविधि, २०७२ जारी गरेको व्यहोरा विदितै छ । उक्त कार्यविधि अनुसार CCTV जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने तथा खिचिएका श्रव्यदृश्य तथा अन्य विद्युतीय चित्रहरु न्यूनतम अवधीसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था प्रभावकारी नभएको गुनासो आएको छ । सो सम्बन्धमा जिल्ला भित्र CCTV/Camera जडान गर्ने व्यक्ति, संघ, संस्था तथा कार्यालयहरुले अनिवार्य रुपमा यस कार्यालयबाट अनुमति लिएर जडान गरि कार्यविधि अनुसार मात्र सञ्चालन गर्नु गराउनु हुन तथा जडान गरिसकेका व्यक्ति, संघ, संस्था तथा कार्यालयहरुले समेत अनिवार्य रुपमा सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अनुमति लिएर जडान गरि कार्यविधि अनुसार मात्र सञ्चालन गर्नु गराउनु हुुन सुचित गरिन्छ । अन्यथा कार्यविधि विपरित CCTV/Camera जडान तथा सञ्चालन भए गरेको पाइएमा विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ बमोजिम कारवाही सुचित गरिन्छ ।