चिसाेबाट बच्न तथा पुर्व तयारीकाे लागि सम्बन्धित सबैमा अनुराेध
2076-08-26
2076-08-26
तपशिलमा उल्लेखित माैसम पुर्वानुमान महाशाखाकाे पछिल्लाे सुचना अनुसार अवका केही दिन हिमाली तथा उच्च पहाडी भूभागमा हिमपात हुने, केही भूभागमा पानी पर्ने साथै नेपालकाे अधिकांश भूभागमा चिसाेकाे मात्र बढ्न सक्ने भएकाे हुनाले पुर्व तयारी साथै सचेत रहन सम्बन्धित सबै निकाय तथा नागरिकहरूमा अनुराेध छ ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
बिशेष मौसम बुलेटिन (Special Weather Bulletin)
(जारी मितिः २०७६-०८-२६, बिहान ६:०० बजे)
मिति २०७६ मंसिर २५ गते बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युन चापिय प्रणालीको प्रवेश भएको छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना छ। यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ। साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ।
बुधबार बाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने देखिन्छ।
उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा अनुरोध गरिन्छ।