Government of Nepal Logo
Government of Nepal Logo
जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

अबैध हातहतियार बुझाउने सम्बन्धी जरूरी सूचना ।

2075-12-01

2075-12-01


नेपाल सरकार

गृह मन्त्रालयकाे

अत्यन्त जरूरी सूचना

सूचना प्रकाशन मिति २०७५।१२।०१

कानून बमाेजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजत पत्र नविवरण नगराइ वा इजाजत प्राप्त व्यक्तिकाे मृत्यु पश्चात हकवालाकाे नाममा नामसारी नगराइ वा अन्य जुनसुकै तरिकाले नेपाल राज्य भित्र काेही कसैले हातहतियार र खरखजाना राखेकाे भए याे सूचना प्रकाशित भएकाे मितिले ३५ (पैतिस) दिन भित्र नजिककाे प्रहरी चाैकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाकाे व्यारेकमा अनिवार्य रूपमा बुझाउनु हुन नेपाल सरकार (मन्त्रीपरिषद) काे मिति २०७५।११।२८ काे निर्णयानुसार याे सूचना प्रकाशित गरिएकाे छ । यसरी हातहतियार र खरखजाना बुझाउन ल्याएमा यस अघि ती अबैध हातहतियार र खरखजाना राखेकाे कारणले मात्र त्यस्ता व्यक्तिलार्इ कुनै कानूनी कारवाही नचलाइने हँदा ताेकिएकाे समयभित्र अबैध हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ । यदि इजाजत प्राप्त नगरी अाफूसँग रहेका हातहतियार खरखजाना ताेकिएकाे अबधिभित्र स्वेच्छाले नबुझाएमा त्यस्ता व्यक्ति उपर प्रतलित कानून बमाेजिम कारवाही हुने व्यहाेरा समेत सूचित गरिन्छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-01-04 15:40:44

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा .