Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
District Administration Office, Gorkha

Ministry of Home Affairs

District Administration Office, Gorkha

Government of Nepal Logo
District Administration Office, Gorkha

Ministry of Home Affairs

District Administration Office, Gorkha

Sunday, Bhadra 14, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

कार्यालय परिचय

2076-05-14

2076-05-14


१. जिल्ला प्रशासन कार्यालय गोरखाको परिचय

वि.सं.२००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव पश्चात् चुस्त एव विकेन्द्रित प्रशासनको आवश्यकता महसुस गरी वडा हाकीमहरुको नियुक्ति भएको पाइन्छ । यसै क्रममा गढी, गौडा र गोश्वाराको रुपमा गृह प्रशासनले गर्ने कार्य संचालन भएको थियो । नेपालको संविधान, २०१९ अनुसार नेपाललाई १४ अंचल, ७५ जिल्ला र ५ विकास क्षेत्रमा विभाजन गरियो । स्थानीय प्रशासनलाई विकेन्द्रित शासन व्यवस्था अनुरुप सञ्चालन गर्न तथा शान्ति र व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय प्रशासन ऐन, २०२८ लागू गरियो । उक्त ऐनको दफा ५ ले जिल्लाको सामान्य प्रशासन सञ्चालन गर्न प्रत्येक जिल्लामा एउटा जिल्ला प्रशासन कार्यालय रहने व्यवस्था गरे  अनुसार  जिल्ला प्रशासन कार्यालय गोरखाको स्थापना भएको हो ।

            वि.स. २०७२ सालमा जारी भएको नेपालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा रुपान्तरण गरी राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन गरेको छ । जिल्ला प्रशासन कार्यालय नेपालको संविधानको अनुसूची–५ मा रहेको संघको अधिकार सूचीमा रहेका विषयमा सेवा प्रवाह गर्ने संघीय सरकारको महत्वपूर्ण प्रतिनिधि संस्था हो । प्रदेश र स्थानीय तहले पूर्ण रुपमा आफ्नो अधिकार प्रयोग गर्ने अवस्थामा नपुगुन्जेल जिल्लाका सबै कार्यालयहरु बीच आवश्यक समन्वय गराउने नेतृत्वदायी निकायको रुपमा जिल्ला प्रशासन कार्यालय क्रियाशील हुँदै आएको छ । तोकिएको जिम्मेवारी बाहेक अन्य निकायको क्षेत्रमा नसमेटिएका सबै क्षेत्रहरु समेतमा यसको भूमिका रहने हुँदा बहुआयमिक निकायको रुपमा समेत यो कार्यालय पर्दछ । एउटा जिल्लामा तीन तहका सरकारी संचरना स्थापना भईसकेको अवस्थामा अन्तरसरकारी कार्यालयहरु बीचको समन्वयमा संघीय सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीको भूमिकालाई थप प्रभावकारी, सुस्पष्ट र संस्थागत गर्नु आवश्यक छ ।

यस जिल्लाको जनसंख्या, भौगोलिक अवस्थिति र स्थानीय जनताको माग समेतलाई मध्यनजर गर्दै नागरिकलाई अझ नजिकबाट सेवा पुर्याउने उद्देश्यले जिल्लाको उत्तरी क्षेत्र सिर्दिवासमा एकिकृत सेवा केन्द्र स्थापित भई नागरिकता प्रमाणपत्र वितरण, सीमा प्रशासन लगाएतका सेवाहरु प्रवाह भईरहेको छ ।

२. कार्यालयको उद्धेश्य, काम, कर्तव्य र अधिकार

.१ मूल कार्य (Main Task):-

गोरखा जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै शान्त र सुशासनयुक्त समाजको स्थापना गरी “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय आकांक्षालाई साकार तुल्याउने ।

.२ उद्देश्य (Objective):-

  • शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्ने ।
  • समन्वय र सहजीकरण गर्ने ।
  • सेवा प्रवाह सुदढिकरण गर्ने ।
  • भ्रष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्ने ।

२.३ कार्यालयको उद्देश्य प्राप्ति गर्ने सन्दर्भमा जिल्ला प्रशासन कार्यालयका काम, कर्तव्य र अधिकारहरु देहाय बमोजिम रहेका छन्:-

  • जिल्लामा शान्ति,सुव्यवस्था र सुरक्षा कायम राख्ने,
  • आन्तरिक सुरक्षा सम्बन्धी नीति, योजना र कार्यक्रमको जिल्लास्तरमा कार्यान्वयन गर्ने,
  • जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको परिचालन गर्ने,
  • जिल्लास्तरमा नेपाली सेनासँग सुरक्षा समन्वय गर्ने,
  • राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयसँगको समन्वय, सूचना सङ्कलन र विश्लेषण गर्ने,
  • वंशजको आधारमा नेपाली नागरिकता जारी गर्ने,
  • बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि) जारी गर्ने,
  • नागरिकताको प्रतिलिपी जारी गर्ने,
  • राहदानी सिफारिस तथा जारी गर्ने,
  • कानून बमोजिम तोकिएका मुद्दाहरुको शुरु कारवाही र किनारा गर्ने,
  • जिल्लास्थित कारागारको सुपरीवेक्षण तथा अनुगमन गर्ने,
  • गैरसरकारी संस्था दर्ता, नवीकरण र नियमन गर्ने,
  • पत्रपत्रिका तथा छापाखाना दर्ता गर्ने,
  • नाबालिग परिचयपत्र जारी गर्ने,
  • जिल्लामा रहेका शरणार्थीहरुको लगत राख्ने, शरणार्थी परिचयपत्र नवीकरण गर्ने,
  • शरणार्थीहरुका लागि यात्रा अनुमति पत्र सिफारिस गर्ने,
  • विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन गर्ने,
  • जिल्ला भित्र हुने विभिन्न कार्यक्रमको अनुमति एवम् उत्सवहरुमा सुरक्षा व्यवस्था मिलाउने,
  • ड्रोन क्यामेरा (UAV/DRONE) उडानको अनुमति दिने,
  • भारतीय तथा ब्रिटिश सेनामा कार्य गरी निवृत भएका व्यक्ति तथा उनीहरुको परिवारको नाम, थर, उमेर फरक परेको विषयमा सिफारिस लगायत अन्य सिफारिस सम्बन्धी कार्य गर्ने,
  • विस्फोटक पदार्थ आयातको सिफारिस र नियमन गर्ने,
  • रसायनिक पदार्थ आयातको सिफारिस गर्ने,
  • सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन गर्ने,
  • हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण गर्ने,
  • शान्ति सुरक्षाको लागि प्राप्त निवेदन उपर कारवाही गर्ने,
  • गुनासो तथा विविध उजुरीको सम्बोधन गर्ने,
  • दलित, जनजाति आदि सिफारिस गर्ने,
  • भ्रष्टाचार नियन्त्रण गर्ने,
  • कल्याण धन र बेवारिसे धनको व्यवस्थापन गर्ने,
  • चिठ्ठा, जुवा आदिको नियन्त्रण गर्ने,
  • सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, सार्वजनिक अपराध आदिको नियन्त्रण गर्ने,
  • लागूऔषध नियन्त्रण गर्ने,
  • पुरस्कार तथा सजाय सम्बन्धी कारबाही र सिफारिस गर्ने,
  • विभिन्न सरकारी कार्यालयहरुसँग समन्वय,सहजीकरण,निरीक्षण तथा अनुगमन गर्ने,
  • स्थानीय प्रशासनको सञ्चालन गर्ने,
  • जिल्ला भित्र रहेका नेपाल सरकारका सबै सम्पत्तिको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने,
  • विपद् व्यवस्थापन गर्ने,
  • कर्मचारी प्रशासन सम्बन्धी (बढुवा समितिको सचिवालयको रुपमा) कार्य गर्ने,
  • द्वन्द् प्रभावितको पहिचान तथा राहत वितरण गर्ने,
  • निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन गर्ने,
  • जग्गा अधिग्रहण, मुआब्जा निर्धारण तथा वितरण गर्ने,
  • आयोजना निर्माणमा सहजीकरण तथा समन्वय गर्ने,
  • जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग र समन्वय गर्ने,
  • नेपाल सरकारबाट भएका निर्णय र आदेशको कार्यान्वयन गर्ने, गराउने,
  • जिल्लामा अन्य निकायलाई प्रष्ट नतोकिएको भैपरी आउने कार्यसम्पादन गर्ने ।

Last Updated : 2083-05-13 13:18:45

© All Rights Reserved to District Administration Office, Gorkha