Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

2076-04-31

2076-04-31


गाेरखा जिल्लामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तर्क्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागकाे आयाेजना तथा जिल्ला प्रशासन कार्यालय गाेरखाकाे समन्वयमा आज उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । गाेरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेज्यूकाे अध्यक्षता तथा गण्डकी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननी लेख बहादुर थापा मगरकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभागका सुचना प्रविधि शाखाका निर्देशक सुभाष ढकालले परिचयपत्रकाे वारेमा जानकारीकाे साथै सहभागिकाे जिज्ञासाकाे जवाफ दिनुभएकाे दियाे । उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री थापामगर ज्यूले राष्ट्रिय परिचयपत्र कार्यान्वयनमा आएपछि समाजमा हुने आपराधिक गतिविधिमा कमी आउने विश्वास व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रममा सहभागीले परिचयपत्रका विषयमा रहेका जिज्ञासाहरू राख्नुकाे साथै कार्यक्रममा अध्यक्ष तथा प्र.जि.अ लामिछानेले हाल जिल्लामा राष्ट्रिय परिचयत्र सम्वन्धी एक इकाइ रहेतापनि सम्बन्धि स्थानीय तहसमन्वयमा प्रविधिकाे अवस्था हेरेर जिल्लाका स्थानीय तहबाट समेत सेवा दिनेगरी कार्य गरिने वताउनु भएकाे थिया । कार्यक्रममा स्थानीय माननीय सांसदज्युहरू, जिल्ला समन्व प्रमुख तथा उप्रमुख, जिल्ला स्थित राष्ट्रिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कार्यालय प्रमुख, पत्रकार, नागरिक समाज, गैरसरकारी महासंघ, रेडक्रस, पत्रकार महासंघ, उद्याेग वाणिज्य संघ, चेम्वर अफ कमर्स आदिकाे प्रमुख तथा प्रतिनिधि  आदिकाे सभागिता रहेकाे थियाे ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2080-02-21 13:23:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा

Powered By: ProActive Developers