Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

लागू औषध दुरूपयाेग तथा अाेसार पसार विरूद्दकाे अन्तर्राष्ट्रिय दिवस २६ जुन २०१९ सप्ताहव्यापी कार्यक्रम सम्पन्न

2076-03-11

2076-03-11


लागू औषध दुरूपयाेग तथा अबैध अाेसार पसार विरूद्वकाे अन्तर्राष्ट्रिय दिवस २६ जुनकाे अवसरमा अायाेजित सप्ताहव्यापी कार्यक्रम विभिन्न कार्यहरू गरी सम्पन्न भयाे । जुन २० अर्थात असार ५ गते देखि अायाेजित सप्ताहव्यापी कार्यक्रममा जिल्लाका विभिन्न स्थानहरूमा खेतीकै रूपमा सञ्चालन गरिएकाे गाजा खेती फडानी गरी सम्बन्धित व्यक्तिलाइ अागामि दिनमा यस प्रकृतिकाे खति नगर्न नगराउन सचेत गराइएकाे छ ।साथै याे अवधिमा विभिन्न स्थानमा विभिन्न सचेतनामुलक कार्यक्रमहरू समेत सञ्चालन गरिएकाे थियाे । सप्ताहव्यापी कार्यक्रमकाे अन्तिम दिन (जुन २६) अाज जिल्ला प्रहरी कार्यालय गाेरखा तथा सामुदायीक सेवा केन्द्र गाेरखाकाे संयुक्त अायाेजनामा सुरक्षा निकाय, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, स्थानीय तहका प्रतिनिधि, जिल्ला स्थित विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीय संघ संगठन, स्थानीय वासिन्दा लगाएतकाे उपस्थितिमा विभिन्न प्लेकार्ड सहितकाे जनचेतनामुलक र्यालीकाे अायाेजना गरी समापन गरिएकाे थियाे ।

उक्त र्याली विहान करिव ७.३० वजेदेखि जिल्ला प्रशासन कार्यालय गाेरखाकाे गेटबाट सुरू भइ बसपार्कमा गइ सम्मन्न भयाे । र्यालीकाे समापन कार्यक्रमकाे अध्यक्षता सामुदायीक सेवा केन्द्र गाेरखाकाे अध्यक्ष अच्युत लाल श्रेष्ठ तथा सञ्चालन रामहरी के.सी.ले गर्नु भएकाे थियाे । साथै उक्त कार्यक्रममा गाेरखा नगरपालिकाका उपप्रमुख श्री विना कुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्री देवेन्द्र लामिछाने तथा प्रहरी उपरिक्षक भाेला बहादुर रावलले लागु औषधकाे दुरूपयाेग तथा अवैध अाेसार पसारबाट व्यक्ति, परिवार, समाज तथा राष्ट्रमा पर्ने असरका विषयमा सचेत गराउदै अाफ्नाे भनाइ राख्नु भएकाे थियाे ।

सप्ताहव्यापी कार्यक्रम असार ५ अथार्त जुन २० तारिखदेखि समृद्द राष्ट्र निर्माणका लागि लागू औषध रहित स्वस्थ जीवन भन्ने नाराका साथ सुरू भएकाे थियाे ।