Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

जिल्लाबाट संघीय संसद तथा प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने माननीय ज्यूहरुसंगको छलफल सम्पन्न

2076-07-21

2076-07-21


मिति २०७६।०७।१८ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा यस जिल्लाबाट संघिय संसद तथा प्रदेश सभामा प्रतिनिधित्व गर्नु हुने माननीय ज्यूहरुसंग जिल्लाको पूननिर्माण तथा पूर्वाधार विकास विषयसंग सम्बन्धित रहेर छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. वावुराम भट्टराई,राष्ट्रिय सभा सदस्य एवं विपक्षी दलका नेता माननीय सुरेन्द्र पाण्डे, प्रतिनिधि सभा सदस्य माननीय चुडामणि खड्का, प्रदेश सभा सदस्य माननीय हरिशरण आचार्य, जिल्ला समन्वय समितिको प्रमुख श्री अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी श्रीमान् देवेन्द्र लामिछाने ज्यू लगायत जिल्ला स्थित सरकारी कार्यालयका कार्यालय प्रमुख उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूननिर्माण तथा पूर्वाधार विकास सम्बद्ध कार्यालयका कार्यालय प्रमुख ज्यूहरुबाट पुननिर्माण तथा पूर्वाधार विकासमा हालसम्म प्राप्त गरेको उपलब्धी, यस आर्थिक वर्ष संचालन हुने योजना तथा कार्याक्रमहरुको जानकारीका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा देखा परेका चुनौतीहरुको विषयमा आफ्नो भनाई राख्नु भएको थियो । सो अवसरमा माननीय चुडामणि खड्का ज्यूले गोरखा जिल्लालाई विकास निर्माणको क्षेत्रमा नमुना जिल्ला बनाउनको लागि  सहयोग र नेतृत्वदायी भुमिका खेल्न सदैव तयार रहेको बताउनुभएको थियो । त्यस्तैगरी जिल्ला समन्वय समितिका प्रमुख ज्यूले समग्र पूर्वाधार विकासको लागि कार्यालयहरुविचको समन्वयलाई जोड दिदै विद्यमान ठेक्का प्रणालीलाई सुधार गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

आफ्नो भनाई राख्दै माननीय सुरेन्द्र पाण्डे ज्यूले कर्मचारी र जनप्रतिनिधिहरुविच समन्वयमा मात्र विकास संभव रहेको कुरा राख्नु भएको थियो । पूर्वप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य माननीय डा. वावुराम भट्टराई ज्यूले समृद्ध नेपाल, सुखी नेपाली बनाउन गोरखाले नेतृत्वदायी भुमिका खेल्नुपर्ने, चौमासिक रुपमा विचारको आदानप्रदानको लागि बैठक आयोजना गर्ने , कर्मचारी र जनप्रतिनिधिहरु विचमा प्रभावकारी समन्वयमा जोड दिदै दुवै जनताको सेवक भएको हुदाँ विकास निर्माणमा “जनताको काम, छिटो गरम”भन्ने भावनाले काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी श्रीमान् देवेन्द्र लामिछाने ज्यूले जिल्लाको विकासको लागि प्रतिवद्ध रहेको, माननीय ज्युहरुबाट प्राप्त सुझाव तथा निर्देशनहरु आत्मसाथ गर्दै कार्ययोजना बनाएर अगाडी बढ्ने तथा कार्यालय प्रमुखहरुलाई प्राप्त सुझाव तथा निर्देशनहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिन भयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2080-02-21 13:23:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा

Powered By: ProActive Developers