Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

न्यून व्यान्डविथ Invert Color A- A A+

“भष्ट्राचार नियन्त्रण: हाम्रो साझा दायित्व” विषयक अन्तर्क्रिया गोष्ठी सम्पन्न

2076-08-02

2076-08-02


 

              मिति २०७६।०७।२९ गते शुक्रवारको दिन राष्ट्रिय सतर्कता केन्द्रको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, गोरखाको सह- आयोजनामा भष्ट्राचार नियन्त्रण: हाम्रो साझा दायित्व विषयक अन्तरक्रिया गोष्ठी कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख श्री अशोक कुमार गुरुङ ज्यूको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी श्री देवेन्द्र लामिछाने ज्यूको अध्यक्षतामा  सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख श्री अशोक कुमार गुरुङ, राष्ट्रिय सतर्कता केन्द्रको सचिव डा. श्री ऋषिराम शर्मा,  वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष श्री विष्णु भट्ट लगायत विभिन्न स्थानिय तहहरुको कार्यवाहक प्रमुख तथा वडा अध्यक्ष ज्युहरु जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखज्यूहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिज्यूहरु, पत्रकार महासंघ गोरखाका प्रमुख एवं प्रतिनिधि ज्यूहरु,  जिल्लामा क्रियाशिल मानव अधिकार सम्बद्ध संस्थाहरुको प्रमुख एवं प्रतिनिधि ज्यूहरुको उपस्थिति रहेको थियो । सो अवसरमा राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव श्री ज्ञानराज सुवेदी ज्यूबाट राष्ट्रिय सतर्कता केन्द्रको परिचय र भष्ट्राचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक कार्यपत्र, राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव श्री श्रद्धा रिजालबाट नागरिक वडापत्र कार्यान्वयन अनुगमन: अवधारणा, कानूनी प्रावधान र सेवाग्राही सर्वेक्षण नतिजा विषयक कार्यपत्र र शाखा अधिकृत श्री भोला खड्काबाट सम्पत्ति विवरण र आयको अनुगमन विषयक कार्यपत्र पस्तुत भएको थियो ।

प्रस्तुत कार्यपत्र, सरकारी कार्यालयको सेवाप्रवाह, केन्द्र प्रतिको सुझाव र भष्ट्राचार नियन्त्रणका लागि हाम्रो साझा दायित्व विषयमा केन्द्रित रहि कार्यक्रममा सहभागीहरुले आफ्नो धारणा, सुझाव र जिज्ञासाहरु राख्नुभएको थियो साथै सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको सम्बोधन राष्ट्रिय सतर्कता केन्द्रका सहसचिव श्री ज्ञानराज सुवेदिले गर्नुभएको उक्त कार्यक्रममा वारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष श्री विष्णु भट्ट, राष्ट्रिय सतर्कता केन्द्रका सचिव श्री डा. ऋषिराम पौडेलज्यू,  कार्यक्रमका प्रमुख अतिथि श्री अशोक कुमार गुरुङ ज्यूले भष्ट्राचार नियन्त्रणको लागि हामी निर्वाह गर्ने भुमिकामा आधारित रही आफ्नो मन्तव्य राख्नुभएको थियो । अन्तमा कार्यक्रमका अध्यक्ष श्रीमान् प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने ज्यूले कार्यक्रममा भष्ट्राचार नियन्त्रणको लागि भष्ट्राचारीप्रति शुन्य सहनशिलता( Zero Tolerance)निति अख्तियार गर्ने धारणा व्यक्त गर्दै  उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद  सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

 

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2080-02-21 13:23:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, गाेरखा

Powered By: ProActive Developers