Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

माननीय गृह मन्त्रीज्यूद्भारा जिल्ला प्रशासन कार्यालय, गाेरखाको भवन उदघाटन

माननीय गृह मन्त्रीज्यूद्भारा जिल्ला प्रशासन कार्यालय, गाेरखाको भवन उदघाटन

      जिल्ला प्रशासन कार्यालय गोरखाको कार्यालय भवनको गृह मन्त्री मा. राम वहादुर थापा (बादल) ज्यूवाट मिति २०७५/०५/२३ गते एक समारोहका विच उद्घाटन भएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टरार्इको अध्यक्षता, मा. गृहमन्त्रीज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय सभामा विपक्षी दलका नेता मा. सुरेन्द्र पाण्डे, पूर्व मन्त्री मा. चीनकाजी श्रेष्ठ, गण्डकी प्रदेश सभाका सदस्य मा. प्रकाशचन्द्र दवाडी, मा. गृहमन्त्री ज्यूको राजनीतिक सल्लाहकार सूर्य सुवेदी (पथिक), सुरक्षा सल्लाहकार डा. इन्द्रजित रार्इ, प्रेस सल्लाहकार किरण भट्टरार्इ सहितको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उदघाटन मन्तव्य व्यक्त गर्दै मा. मन्त्रीज्यूले भूकम्पको पूनर्निर्माण प्रक्रियालार्इ गति प्रदान गर्न र सेवा प्रवाहलार्इ जनअपेक्षा अनुरूपको तुल्याउनका लागि कार्यालय प्रमुखहरूलार्इ निर्देशन प्रदान गर्नु भएको थियो ।मा. मन्त्रीज्यू सोही दिन जिल्ला सुरक्षा समितिको बैठकमा समेत सहभागी हुनुभएको थियो ।