Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

नवनियुक्त शाखा अधिकृतको गोरखा भ्रमण

16 दिन अगाडी

2075-10-18


नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जावलाखेल ललितपुरमा प्रशिक्षणरत नवनियुक्त शाखा अधिकृतहरुको देशदर्शन (Know your country) अध्ययन भ्रमण अन्तर्गत एक समुह गोरखा भ्रमणमा रहेको छ । यसै क्रममा मिति २०७५÷१०÷१६ गते जिल्ला प्रशासन कार्यालय गोरखाको सभाहलमा गोरखा प्रमुख जिल्ला अधिकारी श्री गजेन्द्र बहादुर श्रेष्ठ ज्यूको अध्यक्षतामा भ्रमणकारी टोलीसँग गोरखा जिल्लाका सुरक्षा निकाय प्रमुखहरु, जिल्लाका कार्यालय प्रमुखहरु लगाएतको उपस्थितीमा जिल्लाको जनजीविका एवं पुननिर्माणसँग सम्बन्धित विषयमा छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भयो ।

        उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकीय अधिकृत श्री गौतम भण्डारीले जिल्लाको जनजिवीकाको स्थिति एवं भूकम्प पश्चातको पुननिर्माणको स्थितिका सम्बन्धमा, प्रमुख कोष नियन्त्रक श्रीधर ज्ञवालीले भूकम्प लगत्तैको जिल्लाको स्थिति एवं भूकम्प पश्चातको प्रतिकार्य एवं पुनर्लाभका सम्बन्धमा, इन्जिनियर श्री युवक श्रेष्ठले निजि आवास पुननिर्माणको जिल्लाको अवस्थाको सम्बन्धमा, श्री रामशरण आचार्यले सडक पुर्वाधारको पुननिर्माण सहित अनुदान व्यवस्थापनको जिल्लाको स्थितिका सम्बन्धमा तथा श्री राम प्रसाद आचार्यले विद्यालयकोे पुननिर्माणको स्थितिका सम्बन्धमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै प्रतिष्ठानको तर्फबाट ज्ञान लक्ष्मी श्रेष्ठ तथा नवनियुक्त शाखा अधिकृतको प्रतिनिधित्व गर्दै खगेन्द्र पौडेलले आफ्ननो मन्तब्य दिनुभएको थियो ।

        साथै जापानी नागरिकद्ध मिओ वकी तथा माकी ई सुमगरले जापानीज अनुभव आदान प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा बौल्दै प्रमुख जिल्ल अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले नवनियुक्त शाखा अधिकृतलाई उर्जाशील तथा सकृय भई पूर्ण क्षमताले देश विकास र परिवर्तन तथा सेवा प्रवाहमा लाग्न अनुरोध गर्नु भएको थियो ।  प्रतिष्ठानका प्रतिनिधि सहित २८ जना नबनियुक्त अधिकृत देशदर्शन अध्ययन टोलीमा सहभागी रहेका छन् ।