Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

Visit Nepal 2020 - Ministry of Home Affairs

मिष्ठान्न भण्डारणमा अनुगमन

2 महिना अगाडी

2076-04-15


गाेरखा नगरपालिका वडा नं. ०६ वसपार्क नजिक रहेकाे गुप्ता मिष्ठान्न भण्डारमा अनुगमन गरिएकाे छ । मिति २०७६।०४।१४ गते प्रशासन कार्यालयकाे नेतृत्वमा गरिएकाे अनुगमनका क्रममा उक्त भण्डार घरेलु तथा साना उद्दाेग विकास कार्यालय साथै प्यानमा दर्ता समेत नरही सञ्चालनमा रहेकाे पाइयाे । आवश्यक प्रक्रिया पुर्याइ सम्बन्धित कार्यालयहरूमा दर्ता गरी साेकाे जानकारी यस कार्यालयमा दिनकाे लागि १५ दिनकाे समय दिइएको छ । सामाजिक सञ्जालका साथै जनगुनासाे वढेपछि गरिएकाे अनुगमनका क्रममा उक्त भण्डारणका केहि मिठाइ गुणस्तर परिक्षणकाे लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमाैली तनहुँमा पठाइएकाे छ । साे काे गुणस्तर जाच पछि आएकाे प्रतिवेदनकाे अाधारमा अावश्क प्रक्रिया अगाडि वढाइने छ । अनुगमनमा उपभाेक्ता हित संरक्षण मञ्च, गाेरखा उद्याेग वाणिज्य संघ, चेम्वर्स अफ कमर्श, जिल्ला प्रहरी कार्यालय, पत्रकारकाे सहभागिता रहेकाे थियाे ।