Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

मेडिकल पसलकाे अनुगमन

12 दिन अगाडी

2075-10-22


यहि मिति २०७५/१०/२१ गतेका दिन सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार अनुगमन समितिका संयोजक श्री पुष्पराज पौडेलको संयाजकत्वमा गरिएको गोरखा बजार तथा लक्ष्मीबजारमा संचालित आठ मेडिकल, आयुर्बेद तथा डेण्टलहरुमा गरिएको अनुगमनमा तीन मेडिकल सामान्य रहेको, एक आयुर्बेद पसलमा मेडिकलका औषधि समेत विक्री वितरण गर्ने गरेको, एक मेडिकल स्थानीय तहमा समयमा नविकरण नगरेको, एक मेडिकल सञ्चालक तथा फर्मासिस्ट दोहोरो काम गर्ने गरेको, एक मेडिकलले अर्कै ठाउँमा सञ्चालित अर्कै मेडिकलको नाममा किराना, स्टेसनरी तथा औषधि संयुक्त रुपमा विक्रि वितरण गर्ने गरेको तथा एक डेण्टलले लामो समयदेखि कुनैपनि निकायमा नविकरण स्विकृति अनुमति नलिइ सञ्चालन गरेका पाईयो । यसरी गैर कानूनी रुपमा सञ्चालित मेडिकल, आयुर्बेद तथा डेण्टलहरुलाई १० देखि १५ दिन भित्र सबै कानुनी प्रक्रिया पुरा गरि सोको जानकारी स प्रमाण जिल्ला प्रशासन कार्यालयमा दिन निर्देशन दिईएको छ ।
(विस्तृत प्रतिबेदन पछि सार्बजनिक गरिनेछ)