Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

Visit Nepal 2020 - Ministry of Home Affairs

क्रसर तथा खाेलाकाे अनुगमन

6 महिना अगाडी

2075-10-22



मिति २०७५/१०/१९ गतेका दिन गोरखाका खोलाहरुमा कानून विपरित जेसिवी प्रयोग गरेको भन्ने गुनासो तथा गण्डकी प्रदेश सचिवस्तरिय प्रादेशिक अनुगमन समितिले दिएको निर्देशन बमोजिम जिल्लाका खोला तथा सञ्चालित क्रसर उद्योगहरुको जानकारी तथा सामान्य अनुगमन गरिएको छ । गण्डकी प्रदेश मन्त्रीपरिषदद्धारा पारित ढुङ्गा, गिटी, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रिवितरण तथा उद्योग स्थापना र सञ्चालनलाई व्यवस्थि गर्ने कार्यविधि २०७५ अनुसारको मापदण्ड, गण्डकी प्रदेशको सचिव स्तरिय प्रादेशिक अनुगमन समितिको निर्देशन तथा स्थानीयको जनगुनासोको आधारमा अनुगमन गरिएको थियो ।
करिब ३ दिन अघि गरिएको गण्डकी प्रदेशको सचिव स्तरिय अनुगमनको समयमा खोलामा नौ वटा जेसिवी प्रयोगमा रहेकोले कानून अनुसार कारवाही गर्न दिएका निर्देशन अनुसार तत्कालै उक्त जेसिवी हटाउन तथा प्रयोग नगर्न निर्देशन दिइएको थियो । तर उक्त अनुगमनको समयमा खोलामा कुनैपनि जेसिवी प्रयोग भएको देखिएन । जेसिवी प्रयोग भएको देखिएमा फौजदारी ऐनको दफा १४९ अनुसार कडा भन्दा कडा कारवाही गरिने प्र.जि.अ. श्रेष्ठले बताउनु भयो ।
जिल्लामा सञ्चालित तीन क्रसर उद्योगहरु गोरखाली, माई मनकामना तथा सिम्रनमा निरिक्षणको क्रममा कुनै पनि उद्योगले माग गरे अनुसारको कागजात पेश गर्न नसकेको पाईयो । अनुगमन टोलीले तत्काल बैधानिक रुपमा उद्योग सञ्चालन गर्नको लागि आवश्यक पर्ने कागजात सहित जिल्ला प्रशासन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । अनुगमन टोलीमा प्र.जि.अ. श्रेष्ठ सहित प्रहरी उपरिक्षक भोला बहादुर रावल तथा सशस्त्र प्रहरी नायव उपरिक्षक लिलाराम पुन, पत्रकार महासंघ प्रतिनिधि लगाएतको सहभागीता रहेको थियो ।