Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

Visit Nepal 2020 - Ministry of Home Affairs

गण्डकी गा.पा. मा घुम्ती शिवर सम्पन्न

5 महिना अगाडी

2075-11-21


यहि मिति २०७५।११।१७ गते देखि १९ गतेसम्म गण्डकी गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरूमा एकिकृत घुम्ती शिविर सम्पन्न भएकाेे छ । यस शिविरमा जम्मा २३० जनाले बंशजकाे अाधारमा नयाँ नागरिकता प्राप्त गरेका छन् । जस अनुसार बटुकी अाधारभुत विद्दालयमा ४७ महिला तथा २० पुरूष सहित ६७ जना, गण्डकी गा.पा. वडा नं. ५ काे कार्यालय दर्बुङबाट ६० महिला तथा ३४ पुरूष सहित ९४ जना साथै एे.एे. गा.पा. २ नं वडा कार्यालयबाट ३८ महिला तथा ३१ पुरूष सहित ६९ जनाले नागरिकता सहितकाे सेवा लिएका छन् ।
 
त्यस्तै एे.एे. स्थानहरूमा १०२, ९८ तथा ९७ क्रमशः गरि जम्मा २९७ जनाले फाेटाे सहितकाे मतदाता नामावलीमा अाफ्नाे विवरण भराएका छन् ।
 
घुम्ती शिविरकाे पहिलाे दिन १७ गते श्री वटुकी अाधारभुत विद्दालय फुजेेलमा गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला अायाेजना कार्यान्वयन इकाइ लगाएतका कार्यालयहरूबाट प्रदान गरिने सेवाकाे विषयमा प्रमुख जिल्ला अधिकारी श्री गजेन्द्र बहादुर श्रेष्ठ ज्यूकाे अध्यक्षतामा सार्बजनिक सुनुवाइ कार्यक्रम समेत अायाेजना गरिएकाे थियाे ।
उक्त शिविरमा कृषि, पशु, स्वास्थ्य, अायुर्बेद, लगाएतकाे सेवा समेत प्रदान गरिएकाे थियाे ।