Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, गाेरखा

गाेरखा न.पा. वडा नं. ६

Visit Nepal 2020 - Ministry of Home Affairs

छड्के अनुगमन गरिएकाे ।

3 महिना अगाडी

2076-01-16


जिल्लाका अधिकांश ब्यवसायीले विलविजक बिनै कारोबार गर्दै आएको गुनासोपछि जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन थालेको छ । किराना, लत्ताकपडा, औषधी लगायतका सामग्री विक्रेताले उपभोक्तालाई विल बिनै सामान बिक्री गर्ने गरेको गुनासोका आधारमा छड्के अनुगमन थालिएको छ । केही दिन अघि सदरमुकामको एक औषधी पसलमा गरिएको छड्के अनुगमनका क्रममा बढी मूल्यमा औषधी बेचिएको र विलविजक नदिएपछि निज व्यवसायीलाई सचेत गराएको छ जहाँ यस कार्यालयकै एक कर्मचारीलाई उपभोक्ताको रुपमा पठाएको थियो । सो क्रममा विल बिनै औषधी बिक्री गरिएको र तोकिएको भन्दा बढी मूल्य लिइएको पाईएका थियो । सोही आधारमा ब्यवसायीलाई कारवाही प्रक्रिया अघि बढाइ अब उपरान्त नियमानुसार कारोबार गर्ने लिखित प्रतिवद्धता गराएर छाडिएको छ । वजार अनुगमनका क्रममा नियमानुसार कारोबार गरेको देखिए तापनि ब्यवहारमा भने पुर्ण रुपमा कार्यान्वयन भएको देखिएन । विभिन्न बहानामा मुल्य सूची नटास्ने, तोकिएको मुल्य भन्दा बढी मुल्य लिने तथा विलविजक नदिने कार्य नगर्न सम्पुर्ण व्यवसायीमा पुनः अनुरोध गरिन्छ । यदि नियम विपरितको गरे गराएको पाईएमा कानून अनुसार कारवाही गरिने समेत जानकारीको लागि सम्बन्धित सबैमा अनुरोध छ ।
जिल्ला प्रशासन कार्यालय, गोरखा ।