नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


लागु औषध विरूद्धको साप्ताहिक अभियान

लागु औषध विरूद्धको साप्ताहिक अभियान अन्तरगत अन्तिम दिन जि.स.स. चोकबाट र्याली सुरू भर्इ हरमटारी चोक, हस्पिटलचोक, ठुलो आँगन, शक्तिचोक, हरमटारीचोक हुदैँ पुनः जि.स.स. चोकमा आर्इ कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीले लागु औषध विरूद्धका सचेतना मुलक प्ले कार्डहरू लिएका थिए । उक्त र्यालीमा जि.स.स., जिल्ला प्रशासन कार्यालय, नगरपालिका, रेडक्रस, उद्योग वाणिज्य संघ, स्थानीय आमा समूह, टोल विकास समिती, अन्य सरकारी कार्यालय, पत्रकार लगायतको उपस्थित रहेको थियो । कोड सभामा बोल्दै जि.स.स. सभापती श्री अशोक कुमार गुरूङले लागु औषध विरूद्धमा प्रत्येक नागरिकले साथ दिएमा समाज सभ्य हुनेमा जोड दिनु भएको थियो । उक्त सभामा बोल्दै प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भट्टराईले जिल्ला सुरक्षा समितीको निर्णयानुसार संचालित साप्ताहीक अभियानमा विभिन्न संचार माध्याम मार्फत सचेतना कार्यक्रम संचालन गरेको र विद्यालय तथा कलेजका शिक्षक तथा विद्यार्थीको सहयोग महत्वपुर्ण रहने कुरा उल्लेख गर्नु भएको थियो । साथै लागु औषध सम्बन्धी समस्या समयमै निर्मुल नगरेमा परिवार, समाज तथा राष्ट्रलार्इ असर पुर्याउने उल्लेख गर्नुभयो । त्यस्तै सभामा बोल्दै गोरखा नगरपालीकाका प्रमुख श्री राजनराज पन्तले यसको नियन्त्रणमा सुरक्षा निकायको मात्रै जिम्मेवारी नरही सम्पुर्ण तह र तप्काको एकता र जिम्मेवारी रहने कुरा बताउदै यसको नियन्त्रणमा गोरखा नगरपालिकाको पुर्ण साथ र सहयोग रहने कुरा बताउनुभयो । सभामा बोल्ने सम्पुर्ण बक्ताले लागु औषध नियन्त्रणमा सबैलार्इ साथ दिन आह्वान गर्नुभयो । उक्त सप्ताहव्यापी कार्यक्रममा जि.स.स. सभापती श्री अशोक कुमार गुरूङ तथा प्र.जि.अ. श्री नारायण प्रसाद भट्टरार्इले साथ र सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय