नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


धर्म परिवर्तन सम्बन्धी सूचना

धर्म परिवर्तन गराउने काममा संलग्न नहुने बारे

जिल्ला प्रशासन कार्यालय गोरखाको अत्यन्त जरुरी सूचना

 

नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने हक प्रदान गरेको छ तर कसैले पनि धर्म परिवर्तन गराउने वा अरुको धर्ममा खलल पुर्याउने काम वा व्यवहार गर्न पाउदैन ।

पछिल्लो समयमा गोरखा जिल्ला लगायत कतिपय क्षेत्रमा विभिन्न माध्यम तथा उपायको प्रयोग गरी अनेक प्रलोभन तथा धम्की दिई, दवाव र प्रभाव देखाई सनातन देखि मान्दै आएको धर्म परिवर्तन गराउने, अर्काको धर्ममा खलल पार्ने, शान्ति भङ्ग गर्ने जस्ता कार्य गर्दै आएको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा यस कार्यालयको गम्भिर ध्यानाकर्षण भएको छ ।

संविधान, मौलिक हक र प्रचलित कानुन विपरित हुने गरी कोहि कसैले माथि उल्लेखित काम गरे गराएको पाइएमा कानुन अनुसार कारबाही गरिने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

कोहि कसैले अरुको धर्म परिबर्तन गराउने वा अरुको धर्ममा खलल पार्ने काम गरेमा जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सूचना उपलब्ध गराइदिनुहुन समेत सम्वन्धित सबैमा अनुरोध गरिन्छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय