नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


विश्वकप २०१८ सम्वन्धी सूचना

विश्वकप २०१८ सम्बन्धी सूचना

 चालु विश्वकप २०१८ का खेलहरु क्लब, संघ, संस्था तथा निजी व्यवसायीहरुले आआफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनको लागि प्रदर्शन गर्ने सन्दर्भमा निम्न लिखित शर्तहरुको अधिनमा रहेर मात्र प्रदर्शन गर्ने गराउने गरी सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


·         खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने ।

·         प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाइने ।

·         खेलको हार जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाइने ।

·         सार्वजनिक स्थलमा गरिने प्रदर्शनका हकमा मादक पदार्थ खरिद, बिक्रि, ओसारपोसार तथा सेवन गर्न गराउन नपाइने ।

·         निजी व्यवसाय/प्रतिष्ठानका हकमा खेलको विषयलाई समेत लिएर हुन सक्ने असुरक्षा नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा CCTV निगरानीको व्यवस्था गरिएको हुनु पर्ने ।

·         सार्वजनिक स्थलमा हुने प्रदर्शनले अव्यवस्थित रुपमा पार्किङ गरी हुन सक्ने ट्राफिक एवं सार्वजनिक आवागमनलाई अवरोध गर्न नपाइने ।  

·         होहल्ला गरी टोल छिमेकमा शान्ति सुव्यवस्थामा बाधा पार्न नपाइने । 

·         प्रदर्शन स्थलमा भएका कुनै गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेवार आयोजक आफै हुनु पर्ने छ   

·         प्रदर्शन स्थलमा कुनै पनि अवाञ्छित क्रियाकलाप भएमा त्यसको नतिजाप्रति आयोजक आफै पूर्ण रुपमा जिम्मेवार हुनु पर्ने छ ।

·         आयोजकले शान्ति सुरक्षा सम्बन्धि विषयमा स्थानीय सुरक्षा निकायसँग समन्वय गरेर मात्र प्रदर्शनको व्यवस्था मिलाउने ।

- नारायण प्रसाद भट्टरार्इ (प्रमुख जिल्ला अधिकारी)

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय