नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


विभुषण

 

सूचना । सूचना । । सूचना । । ।

नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर यहि मिति २०७५/०६/०३ गतेका दिन राष्ट्रिय जीवनका विभिन्न क्षेत्र तथा अन्तराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली नागरिक तथा कुनै क्षेत्रमा अन्तराष्ट्रिय ख्याति प्राप्त वा नेपालको हितको लागि विशिष्ट योगदान पुर्याउने विदेशी नागरिकलाई सम्मान स्वरुप नेपालरत्न, राष्ट्र गौरव, राष्ट्रदिप र जनसेवाश्रीका विभूषणहरु प्रदान गर्ने भएकोले राजनीतिक, सामाजिक सेवा, आर्थिक, शान्ति, सुरक्षा र प्रशासन, शिक्षा तथा स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान प्रविधि, अन्वेषण एवं अनुसन्धान, भाषा, कला, साहित्य र संस्कृति, खेलकुद वा राष्ट्रिय जीवनका अन्य महत्वपूर्ण क्षेत्रमा विशिष्ट योगदान पुर्याएको कुनैपनि नेपाली नागरिक तथा राष्ट्रसेवक कर्मचारीलाई तपशिलको आधारमा रहेर मिति २०७५/०३/ गते भित्र आफूले विभूषण प्राप्त गर्न योग्य रहेको दावी, आफूले गरेको कामको विवरण तथा प्रमाण सहित जिल्ला प्रशासन कार्यालय गोरखामा प्रस्तुत गर्नु हुन अनुरोध छ ।

आधारहरु:

·         राष्ट्रको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पुर्याएको,

·         आफ्नो क्षेत्रमा उत्कृष्ट कार्य गरी राष्ट्रलाई योगदान पुर्याएको,

·         सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा आफूलाई तोकिएको कार्य प्रशंसनीय ढंगबाट सम्पादन गरेको तथा पाँच वर्ष सेवा अवधि पुरा गरेको,

·         कुनै साहसी, बुद्धिमत्तापूर्ण वा लोककल्याणको हित हुने कार्य गरी विशेष योगदान पुर्याएको,

 

नोट आफ्नो दावी पेश गर्ने व्यक्ति वा राष्ट्रसेवक कर्मचारीले तपशिलको विवरणहरु भरी पेश गर्नु पर्ने छ । विवरण सम्वन्धी फारम विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्वन्धी मापदण्ड, २०७५ को अनुसूची १ बाट पनि प्राप्त गर्न सकिने छ । जसलाई गृह मन्त्रालयको वेबसाइट www.moha.gov.npबाट पनि डाउनलोड गरी हेर्न सकिने छ । https://daogorkha.moha.gov.np

Additional Documents

Title Size Download
1528922017.docx 1467 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय