नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


जरुरी सूचना

बर्षातको समयमा आउन सक्ने विपतको पूर्वतयारी तथा व्यवस्थापन बारे

जिल्ला प्रशासन कार्यालय गोरखाको अत्यन्त जरुरी सूचना

                               

                हामी बर्षा ऋतुको पूर्वसन्ध्यामा छौं । बर्षा ऋतुमा लगातार रुपमा भारी बर्षा हुन सक्ने र त्यसले बाढी, पहिरो, डुवान जस्ता विपत्ति आउन सक्ने प्रबल संभावना छ । भारी बर्षाका कारण सडकहरु समेत अवरुद्ध भई आवतजावत मात्र होइन राहत र उद्धारका काम समेत प्रभावित हुन सक्ने संभावनालाई नकार्न सकिदैन । गोरखा जिल्लामा २०७२ सालमा गएको भुकम्पको केन्द्रविन्दु भएको र भुकम्प पछिको पुनः निर्माणका काम सम्पन्न नभइसकेको कारण पनि वर्षायाममा थप समस्या उत्पन्न हुन सक्छन ।

                यसै सन्दर्भमा मिति २०७४ जेठ १० गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आसन्न बर्षायाममा घट्न सक्ने बाढी, पहिरो, महामारी जस्ता विपद् घटनाहरुको रोकथाम, राहत उद्दारका लागि विभिन्न निर्णय गरेको छ ।

                अत बर्षा याममा आउन सक्ने विपतलाई पूर्वानुमान गरी विपत रोक्न र विपत आइहालेमा तत्काल राहत तथा उद्धारका काम प्रभावकारी रुपमा संचालन गर्न निम्न लिखित कार्य गर्नुहुन सम्पूर्ण जिल्लाबासी आमाबुबा, दाजुभाई, दिदीबहिनीहरुमा विशेष अनुरोध छ ।

     फ्नो घर छेउमा बाढी, पहिरो डुवान आउन सक्ने संभावना छ छैन राम्रोसंग अबलोकन गर्ने, त्यस्तो संभावना भएमा त्यसको रोकथामका लागि आवश्यक कार्य गर्ने ।

     बाढी पहिरो र डुवानबाट क्षति पुग्न सक्ने बाटो, पुल पुलेसा विद्यालय, स्वास्थ्यचौकी लगायतका सार्वजनिक सम्पत्ति एवं संरचनाहरुको निरीक्षण गर्ने । क्षति पुग्न सक्ने देखिएमा आफ्नै प्रयास एवं सामुदायिक संघसंस्था वा सरकारी निकाय र गैर सरकारी संघ संस्था समेतको सहयोगमा रोकथाम र मर्मत संभारका काम गर्ने । थप सहयोग चाहिएमा सम्वन्धित निकायमा सम्पर्क गर्ने ।

     पानीका मुहान सफा राख्ने, पिउने पानीमा बर्षातको भेल, ढल लगायत मानिस तथा पशुको दिसा, मरेका गाइवस्तुका अवशेष आदि मिसिन नदिने ।

     महामारी तथा सरुवा रोग जन्य स्वास्थ्य सम्वन्धी समस्या देखा परेमा तत्काल नजिकको स्वास्थ्यचौकी, स्थानीय तह वा जिल्ला अस्पतालमा सम्पर्क गर्ने ।

     फ्नो गाउँ टोल र समुदायमा अधिक बर्षाले पार्न सक्ने असर बारे बेलाबेलामा छलफल गरी संकटको पूर्वानुमान गर्ने । संकट निबारणका लागि आवश्यक काम गर्ने र थप सहयोग चाहिएमा सम्वन्धित निकायमा सम्पर्क गर्ने ।

     निजि आवास निर्माणको काम बर्षा अगावै सम्पन्न गर्ने, विद्यालय, स्वास्थ्य चौकी, बाटो लगायतका सार्वजनिक संरचना बर्षात अगावै सम्पन्न गर्न आवश्यक सहजीकरण, सहयोग र निगरानी गर्ने ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय