नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


नागरिकता विवरण सम्पन्न

मिति २०७ जेठ ४ गते गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं. ४ साविक थुमि गा.वि.स. वडा नं. ५, आर्खेतमा जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा २ (दुई) दिने घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ । बंशजको आधारमा नयाँ नागरिकता प्रमाण पत्र वितरण गर्ने उद्देश्यका साथ संचालित उक्त घुम्ती शिविरबाट ५०२ जना नेपाली नागरिकलाई बंशजको आधारमा नागरिकता प्रमाण पत्र वितरण गरिएको छ । साविक थुमी, देउराली, रूर्वाङ गा.वि.स.हरुका नागरिकहरु मुख्यतया उक्त शिविरबाट लाभान्वित भएका थिए ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय