नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


<html>ताकेता

तोकिएको समय भित्र कार्य सम्पन्न नभएका हुने सम्भावना न्युन भएका आयोजनाहरुको विवरण संकलन आयोजना समयमा नै सम्पन्न गर्न ताकेता गरेको

                गृह मन्त्रालयको निर्देशन वमोजिम जिल्लामा सञ्चालित विकास आयोजनाहरु र सो आयोजनामा संलग्न निर्माण कम्पनीहरुको विस्तृत विवरण संकलन गरिएको छ । आवधिक योजनाले राखेका लक्ष्यहरुको परिपूर्तिका लागि वार्षिक वजेट मार्फत व्यवस्था गरिएका जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाहरु अपेक्षित गतिमा सञ्चालन नहुँदा आवधिक योजनाका लक्ष्य प्राप्तिमा जटिलता रहनुका साथै आमजनताका व्यापक गुनासाका स्रोत समेत वनिरहेका थिए । प्राप्त विवरणहरुको विश्लेषण मार्फत आयोजनाहरुको गति सुस्त हुनुका कारण पत्ता लगाई उक्त आयोजनाहरुलाई गति प्रदान गर्ने एवं नियतवश लापारवाही गरी ढिलाई गरिएका आयोजनाहरुमाथि नियमानुसार कारवाही गर्ने योजना जिल्ला प्रशासन कार्यालयले लिएको छ ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय