नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


नदीजन्य पदार्थहरुको उत्खनन

नदीजन्य पदार्थहरुको उत्खननलाई व्यवस्थित गर्ने सम्वन्धमा छलफल कार्यक्रम

                विकास आयोजनाहरुको क्रममा आवश्यक नदीजन्य पदार्थहरुको उत्खनन, संकलन, प्रशोधन एवं भण्डारण कार्यलाई व्यवस्थित वनाई वातावरण संरक्षण र भौतिक विकासका विचमा यथोचित सन्तुलन ल्याउने नीतिगत, कानुनी, संस्थागत एवं व्यावहारिक प्रयासका वावजुद विकास आयोजनाहरुलाई गति प्रदान गर्ने नाममा वातावरणीय संरक्षणमा सम्झौता गरिएका गुनासाहरु आइरहेका छन । सो सम्वन्धमा छलफल गरी आवश्यक सजगता अपनाउनका लागि जिल्ला प्रशासन कार्यालय, गोरखाको पहलमा जिल्लामा क्रियाशील निर्माण व्यवसायीहरुसँग एक कार्यक्रमको आयोजना गरियो । २०७५ जेठ ९ गतेका दिन जिल्ला प्रशासन कार्यालयको वैठक हलमा सम्पन्न उक्त कार्यक्रममा निर्माण व्यवसायी संघ गोरखाका पदाधिकारीहरुसँग प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटृराई ज्यूले विद्यमान कानुनी प्रावधानहरुको मातहतमा रहेर नदीजन्य पदार्थहरुको उत्खनन गर्न एवं विकास कार्यलाई गति प्रदान गर्ने नाममा वातावरणीय असन्तुलन ल्याउने कार्य एवं अन्य विपद्का घटना घट्न नदिन सजगता अपनाउन आग्रह गर्नुभएको थियो । सो क्रममा जिल्ला समन्वय समितिवाट वातावरणीय मूल्यांकनका आधारमा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का लागेका स्थानवाट मात्र तोकिएको परिमाण र समयमा नदीजन्य पदार्थको उत्खनन गर्ने विषयमा छलफल भएको थियो ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय