नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


पत्रकार भेटघाट कार्यक्रम

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटृराईज्यू वाट पत्रकार भेटघाट कार्यक्रमको आयोजना

                गृह मन्त्रालयको निर्णय वमोजिम हालै जिल्ला प्रशासन कार्यालय वर्दियावाट सरुवा भई गोरखा आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भटृराईज्यू वाट जिल्ला आगमनको दोस्रो दिन २०७५ बैशाख २१ गते जिल्लामा क्रियाशील पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना भएको छ । जिल्ला प्रशासन कार्यालय, गोरखाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीज्यूवाट भूकम्पको पुनर्निर्माण, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त वुढीगण्डकी आयोजना एवं अन्य विकास आयोजनाहरुलाई गति प्रदान गर्ने लगायत शान्ति, सुव्यवस्था कायम गर्ने, सेवा वितरणलाई प्रभावकारी तुल्याउने लगायतका विषयहरु गोरखाका निमित्त प्रमुख प्राथमिकताका विषयहरु रहेको विचार व्यक्त भएको थियो । पत्रकारहरुको तर्फवाट पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापा, शिव उप्रेती लगायतले कानूनको कार्यान्वयनको सवालमा पत्रकारको रुपमा एवं नागरिकको रुपमा समेत पत्रकारहरुको साथ र सहयोग सँधै प्रमुख जिल्ला अधिकारीलाई रहने विचार व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीको रुपमा नारायण प्रसाद भटृराईज्यूको कार्यकालको सफलताको कामना गर्नु भएको थियो ।

यस अघि २०७५ वैशाख २० मा जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारीज्यूलाई कर्मचारी मिलन केन्द्र, गोरखाको तर्फवाट स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । केन्द्रका उपाध्यक्ष रजनी घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केन्द्रका पूर्व अध्यक्ष जीवनाथ पौडेल, सचिव नारायण प्रसाद सापकोटा लगायतले केन्द्रका प्रमुख संरक्षकका रुपमा रहनु भएका प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा स्वागत गर्दै उहाँको कार्यकालको सफलताको कामना गर्नु भएको थियो । उक्त कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी ज्यूवाट मिलन केन्द्रका सदस्यहरुलाई वदलिंदो समय अनुरुप राष्ट्रको सेवामा समर्पित रहन आग्रह गर्नु भएको थियो ।

यसैगरी सोही दिन जिल्ला प्रशासन कार्यालयको सभाहलमा प्रमुख जिल्ला अधिकारीज्यू संग कार्यालयका कर्मचारीहरूको परिचय कार्यक्रम सम्पन्न भएको थियो । उक्त परिचय कार्यक्रममा कर्मचारीहरूले जिल्ला एवं कार्यालयको वस्तुस्थितीका बारेमा प्रमुख जिल्ला अधिकारीज्यू समक्ष संक्षिप्त प्रस्तुति भएको थियो भने प्रमुख जिल्ला अधिकारीज्यू बाट कार्यालयद्धारा सम्पादित कामहरूलाई छिटो, छरितो, सेवाग्राही मैत्री, चुस्त, दुरूस्त, गुणस्तरीय एवं प्रभावकारी तुल्याउन कर्मचारीहरूलाई निर्देशन प्रदान गर्नुभएको थियो ।

 

Additional Documents

Title Size Download
1957_d41d8cd98f00b204e9800998ecf8427e_1525616970__.docx 13 KB  Download

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय