नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


ना.प्र.प.वितरण सम्पन्न

मिति २०७४ बैशाख ७ गते गोरखा जिल्लाको पालुङटार न.पा.मा जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा (एक) दिने नागरिकता वितरण कार्यक्रम सम्पन्न भएको छ । जहाँ बंशजको आधारमा नयाँ नागरिकता प्रमाण पत्र वितरण गर्ने उद्देश्यका साथ संचालित उक्त घुम्ती शिविरबाट ११९ जना नेपाली नागरिकलाई बंशजको आधारमा नागरिकता प्रमाण पत्र वितरण गरिएको छ । साविक च्याङली गा.वि.स.का नागरीकहरु सो कार्यक्रमबाट लाभान्वित भएका थिए । त्यस्तै काशिगाउँ गा.वि.स.मा पुरूष ५४, महिला १११ गरी जम्मा १६५ तथा घ्याल्चाेक गा.वि.स.मा पुरूष ११२ र महिला १८३ गरी जम्मा २९५ जना नेपाली नागरिकले नेपाली ना.प्र.प. लिएका थिए ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय