नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


ना.प्र.प.वितरण

मिति २०७४ चैत्र २९ र ३० गते गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा २ (दुई) दिने घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ । बंशजको आधारमा नयाँ नागरिकता प्रमाण पत्र वितरण गर्ने उद्देश्यका साथ संचालित उक्त घुम्ती शिविरबाट १३४ जना नेपाली नागरिकलाई बंशजको आधारमा नागरिकता प्रमाण पत्र वितरण गरिएको छ । साविक ताकुकोट, ताकुमाझलाकुरीबोट, पाँचखुवा देउराली, पन्द्रुङ देउराली गा.वि.स.हरुका नागरिकहरु मुख्यतया उक्त शिविरबाट लाभान्वित भएता पनि साविक सौरपानी एवं स्वाँरा गा.वि.स.का नागरीकहरु समेत सो कार्यक्रमबाट लाभान्वित भएका थिए । प्रत्येक महिना जिल्ला सदरमुकामबाट टाढाका स्थानहरुमा घुम्ती शिविर संचालन गरिने योजना अनुरुप जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा शिविर संचालन गरिएको थियो ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय