नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


माननीय मन्त्री रामशरण बस्नेतकाे निर्देशन

प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय रामशरण बस्नेतज्यूवाट कार्यालय प्रमुखहरुलाई निर्देशन

मिति २०७४।११।१३ का दिन प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय रामशरण बस्नेतज्यूवाट जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई सम्वोधन भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न एक कार्यक्रममा मन्त्रीज्यूवाट जिल्ला स्थित सम्पूर्ण कार्यालयवाट सम्पादन हुने नियमित सेवा प्रवाहलाई संघीयताको स्पिरिट वमोजिम छिटो, छरितो एवं प्रभावकारी ढंगले व्यवस्थित र गुणस्तरीय तुल्याउन निर्देशन प्रदान गर्नुभयो । कार्यक्रमको शुरुवातमा प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतज्यूवाट मन्त्रीज्यूलाई जिल्लामा स्वागत गर्दै मन्त्रीज्यूको कार्यकालको सफलताको कामना गर्नुभएको थियो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारीज्यूवाट मन्त्रीज्यू समक्ष जिल्लामा भूकम्प पश्चात निजी आवास पुनर्निर्माणको अवस्था, सेवा प्रवाह एवं विकास निर्माणको अवस्था र सो क्रममा देखा परेका समस्याहरुको सम्वन्धमा संक्षिप्त प्रस्तुति भएको थियो । मन्त्रीज्यू समक्ष अन्य विषयगत कार्यालयका प्रमुखहरुले समेत सम्वन्धित कार्यालयले सम्पादन गरेका काम, कार्यालयका आगामी योजना र कार्यसम्पादनका क्रममा महशुस गरेका नीतिगत समस्याहरुको सम्वन्धमा संक्षिप्त प्रस्तुति भएको थियो । संघीयताको कार्यान्वयनका सन्दर्भमा जिल्ला स्थित कार्यालयहरु चैत्र २८ भित्रमा स्थानीय वा प्रादेशिक सरकार मातहत स्थान्तरण हुँदाको अवस्थामा तत्काल देखा पर्ने सक्ने प्राविधिक समस्याहरुको न्यूनीकरणका लागि गरिनुपर्ने पहलका लागि कार्यालय प्रमुखहरुवाट मन्त्रीज्यूसमक्ष अनुरोध गरिएको थियो ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय