नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


माननीय मन्त्री लेख बहादुर थापा मगरकाे निर्देशन

प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय लेख बहादुर थापा मगरज्यूवाट कार्यालय प्रमुखहरुलाई निर्देशन

मिति २०७४।११।०९ का दिन प्रदेश नं. ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय लेख बहादुर थापा मगरज्यूवाट जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई सम्वोधन गर्दै संघीयता कार्यान्वयन, सेवा प्रवाह एवं विकास निर्माणका गतिविधहरुलाई सुशासनयुक्त, व्यवस्थित एवं प्रभावकारी बनाउन निर्देशन प्रदान गर्नुभयो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न जिल्लास्थित कार्यालय प्रमुखहरुको नियमित बैठकको शुरुमा प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतज्यूले माननीय मन्त्रीज्यूलाई जिल्लामा स्वागत गर्दै मन्त्रीज्यू समक्ष भूकम्प पश्चात क्षति भएका संरचनाहरुको पुनर्निर्माण, जिल्ला स्थित सेवा प्रवाह, विकास निर्माण एवं अन्य विषयवस्तुहरुको संक्षिप्त वस्तुस्थितिको साथै सो क्रममा देखापरेका समस्याहरुका सम्वन्धमा प्रस्तुति भएको थियो । जिल्ला स्थित विषयगत कार्यालयका प्रमुखहरुवाट समेत सम्वन्धित कार्यालयहरुवाट सम्पादन गरेका काम, नीतिगत समस्याहरु एवं कार्यालयका आगामी योजनाहरुको वारेमा संक्षिप्त प्रस्तुति भएको थियो ।

 

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय