नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


राहत सहयोग सम्वन्धी अनुरोध

जिल्ला दैवी प्रकोप उद्वार समिति गोरखाको राहत सहयोग सम्वन्धी अनुरोध

हालै परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानमा परी धेरै जनधनको क्षति भएको र विपदमा परेका नागरिकहरुलाई गोरखाको तर्फबाट समेत मानवीय सहयोग गर्न आवश्यक भएको ठानी जिल्ला दैवी प्रकोप उद्वार समितिको मिति २०७४।०४।२९ गतेको निर्णयबाट इच्छुक व्यक्ति एवं संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गरिएको हुँदा सहयोगी व्यक्ति एवं संघसंस्थाहरुले नगद सहयोग गर्न चाहेमा तपसिल बमोजिमको प्रधानमत्री दैवी प्रकोप उद्वार कोषको खातामा रकम जम्मा गरी सोको भौचरको प्रतीलिपी जिल्ला दैवी प्रकोप उद्वार समितिमा उपलब्ध गराईदिनु हुन र त्रिपाल, ब्ल्याङकेट, भाडाकुडा, लत्ताकपडा, खाद्यन्न लगायतका जिन्सी सामग्री सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्न चाहेको सामग्री संकलन गरी सोको विवरण यस जिल्लाको दैवी प्रकोप उद्वार समितिमा उपलब्ध गराइ सहयोग गर्न चाहेको सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरी राहत सामग्री प्रदान गर्न सकिने व्यहोरा अनुरोध छ ।

तपसिल

बैंकको नाम                                                                                      बैंक खाताको नाम बैंक                                                           खाता नं.

राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखा                                            प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष                                       ११३०००३७६२०१

एभरेष्ट बैंक लि. नयाँबानेश्वर                                                           प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष                                       ००१०११०२२०००१२

एभरेष्ट बैंक लि. नयाँबानेश्वर                                                          प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष                                        ००१००१०५२००२७०

नविल बैंक लि. दरबारमार्ग                              प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष                  १७१००१७५०५२८५

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय