नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा

गोरखा जिल्लाको संक्षिप्त परिचय

वि.सं. १६१६ मा राजा द्रव्य शाहबाट गोरखा राज्यको स्थापना भएको हो । गोरखाबासीहरूका अाराध्य देवता योगी गोरखनाथको नामबाट वा गार्इको रक्षा गैा रक्षा गरिने ठाउँ भएकोले यही अाधारमा यसको नाम गोरखा रहेको भन्ने भनार्इ छ । यहाँबाट नै नेपाल राज्य निर्माण / एकिकरणको सूत्रपात भएको हो । गोरखा जिल्ला राष्ट्र निर्माता पृथ्वी नारायण शाह, नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा, जंगबहादुर राणा जस्ता एैतिहासिक व्यक्तिहरूको जन्मस्थान पनि हो । एैतिहासिक रूपमा महत्वपुर्ण रहेको यस ठाउँको नामबाट हामी नेपाली विश्वमा वीर गोर्खालीको नामबाट चिनिने र गैारवान्वित हुने गर्दछैाँ ।

गोरखा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल अवस्थित छ । यो नेपालको चैाथो ठुलो जिल्ला हो । धादिङ, चितवन, तनहुँ र लमजुङ यस जिल्लाका छिमेकी जिल्लाहरू हुन् । यसको उत्तरी क्षेत्र चीनको तिब्बतसंग जोडीएको छ । पहाडी भु-धरातल रहेको यस जिल्लामा बुढीगण्डकी, मर्स्याङदी, दरैादी जस्ता नदीहरू ,  मनासलु, बुद्धिहिमाल, श्रृङगी हिमाल जस्ता हिम सृङखलाहरू , विभिन्न झरनाहरू, भञ्ज्याङहरू, टारहरू रहेका छन् । यहाँ नेपालमा पाइने प्राय सबै प्रकारको हावापानी पाइन्छ ।

यहाँ वि. सं. १७७९ मा राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगतमाता भगवती कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो मनोकामना पूराको लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाईन्छ । दैनिक नित्य पूजाआजा र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ । नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली आरध्यदेव हुन् ।

मनकामना मन्दिर, गोर्खा जिल्लाको सदरमुकामबाट दक्षिणपुर्वी भागमा अवस्थीत छ । यो मन्दिर गोर्खाको सदरमुकामको पोखरीथोक बजारबाट १२ किलोमिटर दक्षिण, तनहूको आबुखैरेनी देखि ५ किलोमिटर पूर्व र चितवनको मुग्लिनबाट २६ किलोमिटर उत्तरमा अवस्थित छ । समुद्री सतहदेखि १३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतीर महाभारत लेकछिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमालमनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ । मन्दिर प्रांगणबाट दुवै समयमा सुर्यादय सुर्यास्तको मनमोहक दृष्य देख्न सकिन्छ । मनकामना मन्दिर नेपालको एक  महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थाल हो । आफ्नो मनलेचिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । भने, सोही जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा
आउँछन् ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय