नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


जिल्लाको परिचय

वि.सं. १६१६ मा राजा द्रव्य शाहबाट गोरखा राज्यको स्थापना भएको हो । गोरखाबासीहरूका अाराध्य देवता योगी गोरखनाथको नामबाट वा गार्इको रक्षा गैा रक्षा गरिने ठाउँ भएकोले यही अाधारमा यसको नाम गोरखा रहेको भन्ने भनार्इ छ । यहाँबाट नै नेपाल राज्य निर्माण / एकिकरणको सूत्रपात भएको हो । गोरखा जिल्ला राष्ट्र निर्माता पृथ्वी नारायण शाह, नेपालको पहिलो प्रधानमन्त्री भिमसेन थापा, जंगबहादुर राणा जस्ता एैतिहासिक व्यक्तिहरूको जन्मस्थान पनि हो । एैतिहासिक रूपमा महत्वपुर्ण रहेको यस ठाउँको नामबाट हामी नेपाली विश्वमा वीर गोर्खालीको नामबाट चिनिने र गैारवान्वित हुने गर्दछैाँ ।

गोरखा जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्र, गण्डकी अञ्चल अवस्थित छ । यो नेपालको चैाथो ठुलो जिल्ला हो । धादिङ, चितवन, तनहुँ र लमजुङ यस जिल्लाका छिमेकी जिल्लाहरू हुन् । यसको उत्तरी क्षेत्र चीनको तिब्बतसंग जोडीएको छ । पहाडी भु-धरातल रहेको यस जिल्लामा बुढीगण्डकी, मर्स्याङदी, दरैादी जस्ता नदीहरू ,  मनासलु, बुद्धिहिमाल, श्रृङगी हिमाल जस्ता हिम सृङखलाहरू , विभिन्न झरनाहरू, भञ्ज्याङहरू, टारहरू रहेका छन् । यहाँ नेपालमा पाइने प्राय सबै प्रकारको हावापानी पाइन्छ ।

  यससंग साथै जोडीएका विवरणहरु

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय