नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


  

  • विश्वकप २०१८ सम्वन्धी सूचना २०७५-३-५

    विश्वकप २०१८ सम्बन्धी सूचना  चालु विश्वकप २०१८ का खेलहरु क्लब, संघ, संस्था तथा निजी व्यवसायीहरुले आ–आफ्नो परिसर, प्रतिष्ठानमा मनोरञ्जनको लागि प्रदर्शन गर्ने सन्दर्भमा निम्न लिखित शर्तहरुको अधिनमा रहेर मात्र प्रदर्शन गर्ने गराउने गरी सर्वसाधारणको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ·         खेलहरुको प्रदर्शन आफ्नो परिसरभित्र मात्र गर्न पाउने । ·         प्रदर्शन स्थलमा कुनै प्रकारको प्रवेश शुल्क लगाउन नपाइने । ·         खेलको हार जित लगायतका विषयलाई लिएर कुनै पनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन नपाइने । ·         सार्वजनिक स्थलमा गरिने प्रदर्शनका हकमा मादक पदार्थ खरिद, बिक्रि, ओसार–पोसार तथा सेवन गर्न गराउन नपाइने ।…

  • संस्था दर्ता नविकरण २०७५-२-३०

    संघ/ संस्था दर्ता तथा नविकरण सम्बन्धमा । संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भएका संघ/संस्थाहरुले गृह मन्त्रालय सिंहदरबार काठमाडौंको च.नं. १५४२ मिति २०७५।०२।२५ को पत्रसाथ संलग्न निर्णयानुसार नयाँ संघ/संस्था दर्ता तथा दर्ता भएका संघ/संस्था को नविकरण गर्दा साविकको कार्यविधि सहित देहाय बमोजिमका निर्देशनहरुको अनिवार्य रुपले पालना गर्नुपर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । १)    संस्थाको कार्य समितिमा रहेका पदाधिकारी तथा सो संस्थामा कार्यरत कर्मचारीहरुको नाम, पद, ठेगाना र प्रत्येकको सम्पती विवरण फराम अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । २)    नयाँ संघ/संस्था दर्ताको हकमा संस्थाको उदेश्यमा कुनै एउटा मात्र कार्यक्षेत्र रोज्ने (नविकरणको हकमा संस्थाको…

  • विभुषण २०७५-२-३०

      सूचना । सूचना । । सूचना । । । नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार संविधान दिवस (राष्ट्रिय दिवस) को अवसर पारेर यहि मिति २०७५/०६/०३ गतेका दिन राष्ट्रिय जीवनका विभिन्न क्षेत्र तथा अन्तराष्ट्रिय क्षेत्रमा विशिष्ट योगदान पुर्याउने नेपाली नागरिक तथा कुनै क्षेत्रमा अन्तराष्ट्रिय ख्याति प्राप्त वा नेपालको हितको लागि विशिष्ट योगदान पुर्याउने विदेशी नागरिकलाई सम्मान स्वरुप नेपालरत्न, राष्ट्र गौरव, राष्ट्रदिप र जनसेवाश्रीका विभूषणहरु प्रदान गर्ने भएकोले राजनीतिक, सामाजिक सेवा, आर्थिक, शान्ति, सुरक्षा र प्रशासन, शिक्षा तथा स्वास्थ्य, सूचना, सञ्चार, विज्ञान प्रविधि, अन्वेषण एवं अनुसन्धान, भाषा, कला, साहित्य र संस्कृति, खेलकुद वा राष्ट्रिय जीवनका अन्य महत्वपूर्ण क्षेत्रमा विशिष्ट योगदान पुर्याएको…

  • ना.प्र.प.वितरण २०७५-२-२७

    यस गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं. ६ साविक काशीगाउँ गा.वि.स. वडा नं. ३, काशीगाउँमा निम्न मिति र समयमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण सम्वन्धी घुम्ती सेवा संचालन हुने भएकोले उक्त स्थानमा सेवा लिन धार्चे गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण वडाहरुका सेवाग्राही उक्त स्थानमा गई सेवा सुविधा प्राप्त गर्नुहुन अनुरोध छ । तपसिल मितिः २०७५ असार १ र २ गते समयः (बिहान ८ः०० बजेदेखी बेलुका ५ः०० बजेसम्म)  

  • गुणस्तरीय वस्तु २०७५-२-२४

    गुणस्तरीय वस्तु तथा सेवा प्रबाह सम्वन्धी जिल्ला प्रशासन कार्यालय गोरखाको अत्यन्त जरुरी सूचना                                   प्रस्तुत विषयमा गुणस्तरीय बस्तु तथा सेवा उपभोग गर्न पाउने उपभोक्ताको अधिकार हो । यो कुरा संविधानमा समेत मौलिक हकको रुपमा स्पष्ट उल्लेख छ । उपभोक्ताको यो हक सुनिश्चित गर्नु सबै सरकारी निकाय तथा निजी क्षेत्रको समेत दायित्व हो । अतः तल उल्लेखि विषयमा ध्यान दिई आफुले प्रदान गरेका बस्तु तथा सेवाहरुको गुणस्तर सुनिश्चित गर्न सम्वन्धित सबै सरकारी निकाय, उद्योगी, व्यापारी, व्यवसायीहरुमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ । यस विषयमा जिल्ला स्तरीय कार्यालय र स्थानीय सरकारबाट समय समयमा अनुगमन हुदा कुनै कमि कमजोरी पाइएमा नियमानुसार…

  • जरुरी सूचना २०७५-२-२४

    बर्षातको समयमा आउन सक्ने विपतको पूर्वतयारी तथा व्यवस्थापन बारे जिल्ला प्रशासन कार्यालय गोरखाको अत्यन्त जरुरी सूचना                                                 हामी बर्षा ऋतुको पूर्वसन्ध्यामा छौं । बर्षा ऋतुमा लगातार रुपमा भारी बर्षा हुन सक्ने र त्यसले बाढी, पहिरो, डुवान जस्ता विपत्ति आउन सक्ने प्रबल संभावना छ । भारी बर्षाका कारण सडकहरु समेत अवरुद्ध भई आवतजावत मात्र होइन राहत र उद्धारका काम समेत प्रभावित हुन सक्ने संभावनालाई नकार्न सकिदैन । गोरखा जिल्लामा २०७२ सालमा गएको भुकम्पको केन्द्रविन्दु भएको र भुकम्प पछिको पुनः निर्माणका काम सम्पन्न नभइसकेको कारण पनि वर्षायाममा थप समस्या उत्पन्न हुन सक्छन ।                 यसै सन्दर्भमा मिति २०७४ जेठ १० गते…

  • राहदानी वितरण २०७५-२-२१

    मिति २०७५ बैशाख २८  गते सम्म राहदानीको लागि यस जिल्ला प्रशासन कार्यालय गाेरखा मार्फत् अावेदन फाराम पेश गर्नु भएका सेवाग्राहीले अाफ्नाे राहदानी लिन जिल्ला प्रशासन कार्यालय गोरखामा सक्कल नागरिकता र रसिद सहित गर्नुहुन अनुरोध छ ।

  • अत्यन्त जरूरी सूचना २०७५-२-२१

    सार्वजनिक स्थानमा धुम्रपान र मध्यपान सेवन गर्न कानुनले निषेध गरेको छ । त्यस्ता बस्तुहरु इजाजत प्राप्त पसलहरुबाटमात्र बेच विखन गर्न पाइन्छ । तसर्थ इजाजत प्राप्त पसलबाटमात्र धुम्रपान मध्यपानका बस्तुहरु किनबेच गर्नुहुन र सार्वजनिक स्थलमा सेवन नगर्नुहुन सम्वन्धित सबैमा अनुरोध गरिन्छ । यदि कसैले तोकिएको स्थान बाहेक अन्यत्र सार्वजनिक स्थलमा धुम्रपान र मध्यपान बेचविखन गरेको पाइएमा प्रत्येक पटक रु ५०० र सेवन गरेको पाइएमा प्रत्येक पटक रु १०० जरिवाना गरिने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ । 

  • नागरिकता वितरण २०७५-१-३०

    यस गोरखा जिल्ला आरुघाट गाउँपालिका वडा नं. ४ साविक थुमि गा.वि.स. वडा नं. ५, आर्खेतमा निम्न मिति र समयमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण सम्वन्धी घुम्ती सेवा संचालन हुने भएकोले उक्त स्थानमा सेवा लिन आरुघाट गाउँपालिका अन्तर्गत पर्ने सम्पूर्ण वडाहरुका सेवाग्राही उक्त स्थानमा गई सेवा सुविधा प्राप्त गर्नुहुन अनुरोध छ । तपसिल मितिः २०७५ जेठ ४ र ५ गते समयः (बिहान ८ः०० बजेदेखी बेलुका ५ः०० बजेसम्म)

  • राहदानी २०७५-१-१२

    मिति २०७४ चैत्र २०  गते सम्म राहदानीको लागी यस जिल्ला प्रशासन कार्यालय गाेरखा मार्फत् अावेदन फाराम पेश गर्नु भएका सेवाग्राहीले अाफ्नाे राहदानी लिन जिल्ला प्रशासन कार्यालय गोरखामा सम्पर्क गर्नुहुन अनुरोध छ ।

  • ना.प्र.प.वितरण २०७५-१-५

    यस गोरखा जिल्ला पालुङटार न.पा. वडा नं. ७ साविक च्याङली गा.वि.स.मा निम्न मिति र समयमा जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता वितरण सम्वन्धी घुम्ती सेवा संचालन हुने भएकोले उक्त स्थानमा सेवा लिन पालुङटार न.पा. अन्तर्गत पर्ने सम्पूर्ण वडाहरुका सेवाग्राही उक्त स्थानमा गई सेवा सुविधा प्राप्त गर्नुहुन अनुरोध छ । मितिः २०७५ बैशाख ७ गते र समयः (बिहान ८ः०० बजेदेखी बेलुका ५ः०० बजेसम्म)

  • मुअव्जा वितरण २०७४-११-१५

    बुढीगण्डकी जलबिद्युत आयोजना प्रभावित व्यक्तिहरुका लागि मुअव्जा वितरण सम्वन्धी सूचना यस जिल्लास्थित बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित व्यक्तिहरु मध्ये आवश्यक प्रक्रिया समाप्त भई यस कार्यालयमा प्राप्त भएका साविक दर्वुङ गा. वि. स. हाल गण्डकी गा. पा. वडा नं. ५ मा घर जग्गा रहेका व्यक्तिहरुको मुआव्जा वितरण कार्य भइरहेको र उक्त क्षेत्रका आयोजना प्रभावित व्यक्तिहरु मध्ये ६८ जनाको मुआब्जा रकम सम्वन्धित व्यक्तिको बैंक खातामा जम्मा गरिएको व्यहोरा सूचित गरिन्छ ।

  • राहत सहयोग सम्वन्धी अनुरोध २०७४-५-५

    जिल्ला दैवी प्रकोप उद्वार समिति गोरखाको राहत सहयोग सम्वन्धी अनुरोध हालै परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न क्षेत्रहरु बाढी, पहिरो र डुवानमा परी धेरै जनधनको क्षति भएको र विपदमा परेका नागरिकहरुलाई गोरखाको तर्फबाट समेत मानवीय सहयोग गर्न आवश्यक भएको ठानी जिल्ला दैवी प्रकोप उद्वार समितिको मिति २०७४।०४।२९ गतेको निर्णयबाट इच्छुक व्यक्ति एवं संघसंस्थाहरुलाई सहयोगका लागि अपिल गरिएको हुँदा सहयोगी व्यक्ति एवं संघसंस्थाहरुले नगद सहयोग गर्न चाहेमा तपसिल बमोजिमको प्रधानमत्री दैवी प्रकोप उद्वार कोषको खातामा रकम जम्मा गरी सोको भौचरको प्रतीलिपी जिल्ला दैवी प्रकोप उद्वार समितिमा उपलब्ध गराईदिनु हुन र त्रिपाल, ब्ल्याङकेट, भाडाकुडा, लत्ताकपडा, खाद्यन्न लगायतका जिन्सी सामग्री सहयोग गर्न चाहने…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय