नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
गोर्खा


  

  • नागरिकता विवरण सम्पन्न २०७५-२-६

    मिति २०७५ जेठ ४ र ५ गते गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नं. ४ साविक थुमि गा.वि.स. वडा नं. ५, आर्खेतमा जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा २ (दुई) दिने घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ । बंशजको आधारमा नयाँ नागरिकता प्रमाण पत्र वितरण गर्ने उद्देश्यका साथ संचालित उक्त घुम्ती शिविरबाट ५०२ जना नेपाली नागरिकलाई बंशजको आधारमा नागरिकता प्रमाण पत्र वितरण गरिएको छ । साविक थुमी, देउराली, आरूआर्वाङ गा.वि.स.हरुका नागरिकहरु मुख्यतया उक्त शिविरबाट लाभान्वित भएका थिए ।  

  • ताकेता २०७५-२-१३

    तोकिएको समय भित्र कार्य सम्पन्न नभएका र हुने सम्भावना न्युन भएका आयोजनाहरुको विवरण संकलन र आयोजना समयमा नै सम्पन्न गर्न ताकेता गरेको                 गृह मन्त्रालयको निर्देशन वमोजिम जिल्लामा सञ्चालित विकास आयोजनाहरु र सो आयोजनामा संलग्न निर्माण कम्पनीहरुको विस्तृत विवरण संकलन गरिएको छ । आवधिक योजनाले राखेका लक्ष्यहरुको परिपूर्तिका लागि वार्षिक वजेट मार्फत व्यवस्था गरिएका जनतासँग प्रत्यक्ष जोडिएका आयोजनाहरु अपेक्षित गतिमा सञ्चालन नहुँदा आवधिक योजनाका लक्ष्य प्राप्तिमा जटिलता रहनुका साथै आमजनताका व्यापक गुनासाका स्रोत समेत वनिरहेका थिए । प्राप्त विवरणहरुको विश्लेषण मार्फत आयोजनाहरुको गति सुस्त हुनुका कारण पत्ता लगाई उक्त आयोजनाहरुलाई गति प्रदान गर्ने एवं नियतवश लापारवाही गरी ढिलाई गरिएका आयोजनाहरुमाथि…

  • नदीजन्य पदार्थहरुको उत्खनन २०७५-२-१३

    नदीजन्य पदार्थहरुको उत्खननलाई व्यवस्थित गर्ने सम्वन्धमा छलफल कार्यक्रम                 विकास आयोजनाहरुको क्रममा आवश्यक नदीजन्य पदार्थहरुको उत्खनन, संकलन, प्रशोधन एवं भण्डारण कार्यलाई व्यवस्थित वनाई वातावरण संरक्षण र भौतिक विकासका विचमा यथोचित सन्तुलन ल्याउने नीतिगत, कानुनी, संस्थागत एवं व्यावहारिक प्रयासका वावजुद विकास आयोजनाहरुलाई गति प्रदान गर्ने नाममा वातावरणीय संरक्षणमा सम्झौता गरिएका गुनासाहरु आइरहेका छन । सो सम्वन्धमा छलफल गरी आवश्यक सजगता अपनाउनका लागि जिल्ला प्रशासन कार्यालय, गोरखाको पहलमा जिल्लामा क्रियाशील निर्माण व्यवसायीहरुसँग एक कार्यक्रमको आयोजना गरियो । २०७५ जेठ ९ गतेका दिन जिल्ला प्रशासन कार्यालयको वैठक हलमा सम्पन्न उक्त कार्यक्रममा निर्माण व्यवसायी संघ गोरखाका पदाधिकारीहरुसँग प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटृराई ज्यूले…

  • पत्रकार भेटघाट कार्यक्रम २०७५-१-२३

    प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटृराईज्यू वाट पत्रकार भेटघाट कार्यक्रमको आयोजना                 गृह मन्त्रालयको निर्णय वमोजिम हालै जिल्ला प्रशासन कार्यालय वर्दियावाट सरुवा भई गोरखा आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री नारायण प्रसाद भटृराईज्यू वाट जिल्ला आगमनको दोस्रो दिन २०७५ बैशाख २१ गते जिल्लामा क्रियाशील पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना भएको छ । जिल्ला प्रशासन कार्यालय, गोरखाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारीज्यूवाट भूकम्पको पुनर्निर्माण, राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त वुढीगण्डकी आयोजना एवं अन्य विकास आयोजनाहरुलाई गति प्रदान गर्ने लगायत शान्ति, सुव्यवस्था कायम गर्ने, सेवा वितरणलाई प्रभावकारी तुल्याउने लगायतका विषयहरु गोरखाका निमित्त प्रमुख प्राथमिकताका विषयहरु रहेको विचार व्यक्त भएको थियो…

  • विदाइ कार्यक्रम २०७५-१-२०

    प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ज्यूवाट पत्रकार भेटघाट कार्यक्रमको आयोजना                 मिति २०७५/०१/१९ गतेका दिन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ज्यूवाट जिल्लामा क्रियाशील पत्रकारहरुसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ । गृह मन्त्रालयको निर्णय वमोजिम चितवन जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएर जान लाग्नु भएका प्र. जि. अ. बस्नेतले पत्रकारहरुसँगको भेटघाटको क्रममा आफ्नो करिव डेढ वर्षको गोरखा जिल्लाको प्रशासनिक नेतृत्वका क्रममा सम्पादित कार्यहरुको संक्षिप्त समीक्षा गर्दै उक्त कार्यसम्पादनका क्रममा पत्रकारहरुले गर्नुभएको सहयोग एवं रचनात्मक सल्लाह सुझावका निमित्त धन्यवाद ज्ञापन गर्नुभएको थियो । तीनै तहको निर्वाचनको समन्वय एवं व्यवस्थापन, जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजनाको मुअव्जा निर्धारण एवं वितरण लगायतका गतिविधिमा खेलेको भूमिका,…

  • ना.प्र.प.वितरण सम्पन्न २०७५-१-९

    मिति २०७४ बैशाख ७ गते गोरखा जिल्लाको पालुङटार न.पा.मा जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा १ (एक) दिने नागरिकता वितरण कार्यक्रम सम्पन्न भएको छ । बंशजको आधारमा नयाँ नागरिकता प्रमाण पत्र वितरण गर्ने उद्देश्यका साथ संचालित उक्त घुम्ती शिविरबाट ११९ जना नेपाली नागरिकलाई बंशजको आधारमा नागरिकता प्रमाण पत्र वितरण गरिएको छ । साविक च्याङली गा.वि.स.का नागरीकहरु सो कार्यक्रमबाट लाभान्वित भएका थिए ।  

  • ना.प्र.प.वितरण २०७५-१-२

    मिति २०७४ चैत्र २९ र ३० गते गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय गोरखाको आयोजनामा २ (दुई) दिने घुम्ती शिविर कार्यक्रम सम्पन्न भएको छ । बंशजको आधारमा नयाँ नागरिकता प्रमाण पत्र वितरण गर्ने उद्देश्यका साथ संचालित उक्त घुम्ती शिविरबाट १३४ जना नेपाली नागरिकलाई बंशजको आधारमा नागरिकता प्रमाण पत्र वितरण गरिएको छ । साविक ताकुकोट, ताकुमाझलाकुरीबोट, पाँचखुवा देउराली, पन्द्रुङ देउराली गा.वि.स.हरुका नागरिकहरु मुख्यतया उक्त शिविरबाट लाभान्वित भएता पनि साविक सौरपानी एवं स्वाँरा गा.वि.स.का नागरीकहरु समेत सो कार्यक्रमबाट लाभान्वित भएका थिए । प्रत्येक महिना जिल्ला सदरमुकामबाट टाढाका स्थानहरुमा घुम्ती शिविर संचालन गरिने योजना अनुरुप जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा शिविर संचालन…

  • बजार अनुगमन २०७४-१२-२३

    बजार अनुगमन सम्पन्न २०७४।१२।२१ गते नापतौल तथा गुणस्तर विभाग काठमाडौंबाट आएको टोली र जि.प्र.का. गोरखाको संयुक्त अनुगमनका सिलसिलामा गोरखा बजारका ४ वटा पसलमा रहेको प्रमाण पत्र नभएका ढकलाई १ हप्ता भित्र प्रमाण पत्र लीन समय दिइयो साथै मूल्य सूची नराखेका ७ वटा पसलमा मूल्य सूची राख्न निर्देशन दिइयो ।  

  • माननीय मन्त्री रामशरण बस्नेतकाे निर्देशन २०७४-११-१५

    प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय रामशरण बस्नेतज्यूवाट कार्यालय प्रमुखहरुलाई निर्देशन मिति २०७४।११।१३ का दिन प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माननीय रामशरण बस्नेतज्यूवाट जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई सम्वोधन भएको छ । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न एक कार्यक्रममा मन्त्रीज्यूवाट जिल्ला स्थित सम्पूर्ण कार्यालयवाट सम्पादन हुने नियमित सेवा प्रवाहलाई संघीयताको स्पिरिट वमोजिम छिटो, छरितो एवं प्रभावकारी ढंगले व्यवस्थित र गुणस्तरीय तुल्याउन निर्देशन प्रदान गर्नुभयो । कार्यक्रमको शुरुवातमा प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतज्यूवाट मन्त्रीज्यूलाई जिल्लामा स्वागत गर्दै मन्त्रीज्यूको कार्यकालको सफलताको कामना गर्नुभएको थियो । उक्त अवसरमा प्रमुख जिल्ला अधिकारीज्यूवाट मन्त्रीज्यू समक्ष…

  • माननीय मन्त्री लेख बहादुर थापा मगरकाे निर्देशन २०७४-११-१५

    प्रदेश नं ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय लेख बहादुर थापा मगरज्यूवाट कार्यालय प्रमुखहरुलाई निर्देशन मिति २०७४।११।०९ का दिन प्रदेश नं. ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय लेख बहादुर थापा मगरज्यूवाट जिल्ला स्थित कार्यालय प्रमुखहरुलाई सम्वोधन गर्दै संघीयता कार्यान्वयन, सेवा प्रवाह एवं विकास निर्माणका गतिविधहरुलाई सुशासनयुक्त, व्यवस्थित एवं प्रभावकारी बनाउन निर्देशन प्रदान गर्नुभयो । जिल्ला प्रशासन कार्यालयको सभाहलमा सम्पन्न जिल्लास्थित कार्यालय प्रमुखहरुको नियमित बैठकको शुरुमा प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र बस्नेतज्यूले माननीय मन्त्रीज्यूलाई जिल्लामा स्वागत गर्दै मन्त्रीज्यू समक्ष भूकम्प पश्चात क्षति भएका संरचनाहरुको पुनर्निर्माण, जिल्ला स्थित सेवा प्रवाह, विकास निर्माण एवं अन्य विषयवस्तुहरुको संक्षिप्त…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय